असोज ५, काठमाडौं।

नेपाली काङ्ग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि शंखरापुर नगरपालिकाको अधिकांश वडाको नेतृत्व टुङ्याएको छ।आज सम्पन्न अधिबेशनबाट वडा नं ६ र ७ बाहेकका वडामा  काङ्ग्रेसले वडाको नेतृत्व टुङ्याएको हो।आज सम्पन्न वडा अधिबेशनबाट वडा नं १ को इकाई सभापतिमा रमेश तिवारी, वडा नं २ मा सन्तोष चौलागाईं, वडा नं ३ मा षड कुमार खतिवडा, ४ मा सुना बहादुर तामाङ्ग(सोनाम) वडा नं ५ गणेश दुलाल, वडा नं ८ मा श्रीजन खड्का र वडा  नं ९ मा मणिराम खड्का सर्बसम्मत रूपमा  इकाई सभापती चयन भएका हुन।

त्यसैगरी शंखरापुर नगरपालिका वडा नं ६ र ७मा नेतृत्व चयनका लागि  सहमति हुन नसकेकाले भोलि मतदानबाट नेतृत्व टुङ्ग्याइने नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला समिती सदस्य तथा शंखरापुर नगरपालिकाको गत स्थानीय तहको चुनाबमा मेयरका प्रत्यासी शंकर तिवारीले समुदायखबरलाई बताउनुभयो। नेपाली काङ्ग्रेस शंखरापुर २ का नवनिर्बाचित इकाई सभापती सन्तोष चौलागाईले आफ्नो बिजयसङ्गै अब शंखरापुरको काङ्ग्रेस नेतृत्व युवाको काँधमा आएको र यसलाई आफुले एउटा ठूलो अवसरको रुपमा लिएको बताउनुभएको छ।

 

त्यस्तै वडा नं ३ का नवनिर्बाचित इकाई सभापती षड कुमार खतिवडाले आफुलाई बिजय गराउने सम्पुर्ण काङ्ग्रेसजनलाई धन्यवाद दिदै आगामी चुनावमा नेपाली काङ्ग्रेसलाई शंखरापुरमा पहिलो पार्टी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो। सभापती खतिवडा गत स्थानीय  तहको चुनावमा शंखरापुर नगरपालिका वडा नं ३ का निर्वाचित एकमात्र जनप्रतिनिधि  हुनुहुन्छ। आज सम्पन्न वडा अधिबेशनबाट वडा समितिका अन्य पदाधिकारी तथा महाधिवेशनका क्षेत्रीय प्रतिनिधि समेत चयन भएका छन।

राप्रपाले छापभञ्ज्याङ केराबारी सडकको पहिरो पन्छायो

जहरसिंहपौवामा लप्सेफेदी स्वास्थ्यचौकी भवनको शिलान्यास