असोज ९ काठमाडौं।
नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनको चटारोले काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकालाई समेत छोइसकेको छ।९ वटा वडा रहेको यस नगरपालिकाको सबै वडामा काङ्ग्रेसले नेतृत्व पाईसकेको छ।९ वटा वडा मध्ये वडा नं १,२,३,४,५,८,र ९मा सर्वसम्मत रुपमा वडा सभापति चयन गरेको थियो भने साँखु बजारका वडाहरु ६ र ७ मा सहमती हुन नसकेकाले निर्बाचनका माध्यमबाट असोज ६ गते वडा सभापती चयन गरिएको थियो।
गत ०७४मा सम्पन्न स्थानिय तहको चुनावमा शंखरापुर नगरपालिकामा करिव २९०० मतसहित उपबिजेता बनेको नेपाली काङ्ग्रेस अबको चुनावमा बिजय हासिल गर्ने गरि संगठन बिस्तार गरिरहेको शंखरापुर नगरपालिका वडा नं २ का नवनिर्वाचित सभापती सन्तोष चौलागाई बताउनुहुन्छ।
आसन्न १४ औं महाधिबेसनको कार्यतालिका अनुसार यहि असोज ९ गतेदेखी नेपाली काङ्ग्रेसले देशभरिका पालिकाहरुमा एकसाथ अधिबेशन गर्दै छ। तर काठमाडौं जिल्लाका केही वडाहरुमा नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आउन अझै केही दिन लाग्ने भएकाले शंखरापुरको नगर अधिबेसन यहि असोज १६ गते हुँदै छ।यसै क्रममा काठमाडौंको शंखरापुरमा दुई युवा नेता नेपाली काङ्ग्रेसको नगर सभापतिको दौडमा देखिएका छन। सत्यमान लामा र दिलिप कुमार श्रेष्ठ।
शंखरापुर नगरपालिका वडा नं ३ स्थित बोजेनिमा जन्मनुभएको सत्यमान लामा नेपाली काङ्ग्रेसको शंखरापुर नगर समितिको करिव ५ बर्ष सचिवको रुपमा काम गरेसकेको ब्यक्ती हुनुहुन्छ।लामोसमयदेखी नेपाली काङ्ग्रेसको सकृय राजनिती गर्नुभएका युवानेता लामा शंखरापुरमा परिचित हुनुहुन्छ।
२०७४ सालको स्थानिय तहको निर्बाचनमा वडा अध्यक्षका प्रत्यासी लामा नेकपा माओबादी केन्द्रका उम्मेदवार संग पराजित भएका थिए।समुदाय खबरसंग संक्षिप्त कुराकानी गर्दै लामाले आफुले नेपाली काङ्ग्रेसको नगरको पदाधिकारीको रुपमा लामो समय काम गरेकाले यहाँका काङ्रेसिजनले यसपटक आफ्नो राजनितिक योगदानको मुल्यांकन गर्ने बताए।उहाँ नेपाली काङ्ग्रेसको संस्थापन निकट मानिनुहुन्छ।
त्यसैगरी साँखु बजारका युवा नेता दिलिप कुमार श्रेष्ठ पनि यस भेगका स्थानियमाझ परिचित छन्। नेपाली काङ्ग्रेसमा लामो समय राजनिती गरेका श्रेष्ठ गत ०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट वडा नं ६ को वडा अध्यक्षका प्रत्यासी हुन।आफू युवा तथा नेपाली काङ्ग्रेसमा लामो समय राजनिती गरेकाले यसपटक आफ्नो नगर सभापतिको उम्मेदवारी बलियो रहेको र आफ्नो बिजय सुनिस्चित रहेको बताएका छन्। उहाँ सस्थापन इतर समूह( प्रकाशमान सिंह) निकट मानिनुहुन्छ।
समुदाय खबर नेपाली काङ्ग्रेसका शंखरापुर नगर सभापतिका दुबै उम्मेदवारलाई अग्रीम बधाई तथा सुभकामना दिन चाहन्छ।