असोज २१ काठमाडौ।

नेचुरल बचत तथा ऋण सहकारी संस्थाको साँखु सेवा केन्द्रले आफ्नै भवनबाट कारोबार सुरु गरेको छ । आज बिहिवार (घटस्थापना)को दिन एक कार्यक्रमका बीच संस्थाको भवन उद्घाटन गरिएको हो।

 

काठमाडौं  लगायत भक्तपुर र ललितपुर जिल्लामा समेत सेवा बिस्तारको अनुमती पाएको यो  सहकारीको प्रधान कार्यालय  गोकर्णेश्वोर नगरपालिका वडा नं ६ मा रहेको छ।यसका सेवा केन्द्रहरु काठमाडौं महानगरपालिका वडा नं ६ स्थित बौद्ध टुसाल, कालिमाटी, सोह्रखुट्टे तथा कागेश्वोरी मनोहरा ९ काँडाघारीमा रहेको छ।गतहप्ता मात्र  सम्पन्न यस सहकारीको साधारणसभाबाट  नेचुरल बचत तथा ऋण सहकारीको साँखु सेवा केन्द्र सर्बोतकृष्ट भई पुरस्कृत भएको थियो।

 

शंखरापुर नगरपालिका वडा नं ६को साँखु स्थित आफ्नै सुबिधासम्पन् तीन तले भवनको उदघाटन आज एक कार्यक्रमका बिच शंखरापुर  नगरपालिकाका मेयर सुर्बण श्रेष्ठ, तथा उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले गर्नुभएको हो। सो भवनसङ्गै आजै एटिएम बुथको समेत उद्घाटन गरिएको छ। सो कार्यक्रममा संस्थाका अध्यक्ष शर्मिला अमात्य, प्रमुख कार्यकारी अध्यक्ष बिकल्प पाठक, साँखु सेवा केन्द्रका सस्थापक पार्बती मानन्धर, सुरज श्रेष्ठ, शंखरापुर नगरपालिका वडा नं ६ का अध्यक्ष,संस्थापक सदस्य शेयर सदस्य तथा अन्य महानुभावहरुको उपस्थित थियो।

आफ्नो सबै सेवाकेन्द्रमा १०० जना भन्दा बढिलाई रोजगार दिएको यस सहकारिको साँखु स्थित सेवा केन्द्रको मात्र २ हजार भन्दा बढी सेवाग्राही रहेको साँखु सेवा केन्द्रका प्रबन्धक घनश्याम नेपालले बताउनुभयो।संस्थाले छिटो,छरितो र भरपर्दो सेवा प्रदान गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको यस संस्थाका कार्यकारी प्रमुख बिकल्प पाठकले बताउनुभयो।

 

 

नेपाली काङ्ग्रेस शंखरापुर नगर सभापतिमा दिलिप कुमार श्रेष्ठको प्यानल बिजयी

शंखरापुरको जहरसिंहपौवामा दक्षिण एसियाकै दोश्रो लामो जिपलाईन बन्दै