असोज २२, काठमाडौ।

 

काठमाण्डौ जिल्लाको पर्यटकिय नगरी शंखरापुरमा दक्षिण एसियाकै  दोश्रो लामो जिपलाईन बन्ने भएको छ। करिव २८०० मिटर लम्बाई रहने उक्त जिपलाईन शंखरापुर नगरपालिका वडा नं ८ को मणिचुडदेखि शंखरापुरको जहरसिंहपौवा सम्म हुनेछ।मणिचुड जहरसिंहपौवा जिपलाईन नामक क्म्पनिको रुपमा पर्यटन मन्त्रालय अन्तरगत पर्यटन बिभागमा दर्ता भएको उक्त परियोजनाका  संचालक नवीन हुमागाई बताउनुहुन्छ। करिव ८ करोड रुपैया लगानिमा संचालन हुन लागेको उक्त परियोजना अबको ६ महिनामा संचालनमा आउने छ।

 

हिजो(बिहिबार) एक कार्यक्रमका बिच शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठले  उक्त जिपलाईनको उदघाटन गर्नुभएको हो।सो कार्यक्रममा शंखरापुर नगरपालिका वडा नं ३का वडा सद्स्य कर्म बल  तथा मणिचुड जहरसिंहपौवा जिपलाइन प्रा.लिका संचालक नवीन हुमागाई तथा अन्य स्थानिय बासिको बाक्लो उपस्थिती थियो।

 

उक्त कार्यक्रममा आफ्नो भनाई राख्नुहुदै शंखरापुर नगरपालिका मेयर सुबर्ण श्रेष्ठले पर्यटन बिकासको प्रचुर सम्भावना बोकेको शंखरापुर नगरपालिकाको पर्यटन बिकासमा आफू सधै लाग्ने बताउनुभयो।

आफ्नै भवनमा सर्यो नेचुरल सहकारीको साँखु सेवा केन्द्र, एटिएम सेवा समेत संचालन

सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका उपाध्यक्षको निधन