कार्तिक ९ काठमाडौं।

आज सम्पन्न नेकपा (एमाले) शंखरापुर नगर अधिबेशनबाट नगर अध्यक्षमा रामकुमार तिवारी सर्बसम्बत रुपले चयन हुनुभएको छ। त्यसैगरी नगर उपाध्यक्षमा नवराज दाहाल, सचिवमा हितमान तामाङ र उपसचिवमा प्रेमप्रकाश प्रजापती तथा लक्ष्मी केसि चयन हुनुभएको छ। सचिवमा चयन हुनुभएका हितमान तामाङ  शंखरापुर नगर प्रवक्ता तथा वडा नं ८ का अध्यक्ष हुनुहुन्छ। अध्यक्षमा निर्बाचित रामकुमार तिवारी तत्कालिन (नेकपा )एमाले र माओबादी केन्द्र मिलेर बनेको (नेकपा)का नगर सचिव हुनुहुन्थ्यो।

 

आज सम्पन्न नगर अधिवेशनबाट ५ पदाधिकारी सहित ५५ सदस्य नगर कमिटी बनेको हो।सो कार्यक्रममा शंखरापुर नगर प्रमुख सुबर्ण श्रेष्ठ, प्रदेश कमिटी सदस्य बुद्दभक्त चित्रकार लगायतको सहभागी थियो।

शंखरापुर नगरको सबै वडामा एमालेले टुङ्यायो नेतृत्व

नेकपा (एस)ले शंखरापुरमा दियो संगठन बिस्तारलाई तिब्रता, वडा नं ८को अध्यक्षमा तामाङ्ग