काठमाडौं, नेकपा (एकीकृत समाजबादी)ले शंखरापुर नगरपालिकामा संगठन बिस्तारलाई तिब्रता दिएको छ। गत स्थानिय तहको निर्बाचनमा शंखरापुर नगरपालिकामा पहिलो शक्तिको रुपमा रहेको नेकपा एमाले बिभाजनसंगै नेकपा (एस)ले यस नगरपालिका संगठन बिस्तारलाई तिब्रता दिएको हो।शंखरापुर नगरपालिकाका सबै वडामा वडा कमिटी बनाएको यस पार्टीको शंखरापुरको ८ नं वडामा वडा कमिटी बिस्तार भएको थिएन।
अब यससङ्गै शंखरापुर नगरपालिकाका सबै वडामा वडा कमिटी बनेको र नेकपा एकीकृत समाजबादी अबको स्थानिय चुनावमा शंखरापुर नगरपालिकामा पहिलो शक्ति बन्ने गरि लागेको शंखरापुर नेकपा(एस)का सचिव अमृत प्रसाद दंगालले बताउनुहुन्छ।
हिजो सम्पन्न वडा भेलाबाट शंखरापुर ८ मा मनोज तामाङको अध्यक्षतामा २७ सदस्यिय वडा कमिटी गठन भएको छ। उपाध्यक्षमा सानुमाया घ्लान तथा सचिवमा किसान के.सि चयन भएका छन।नेकपा एमाले तथा माओबादि केन्द्र मिलेर बनेको नेकपा भन्दा अगाडि तत्कालिन नेकपा नेकपा एमालेका अध्यक्ष पनि हुन।शंखरापुरको वडा नं ८ मा घुमारिचोक, नयाँगाउ, भुल्बु तथा घुमारिचोक पर्दछ।
संगठन निर्माण सङै अब नेकपा (एकीकृत समाजबादी) शंखरापुरमा शसक्त रुपमा लाग्ने (नेकपा एकीकृत)समाजबादी शंखरापुरका सचिवालय सदस्य तथा युवा नेता शंकर घ्लान बताउनुहुन्छ।