कार्तिक १३, काठमाडौं।
नेकपा (एकीकृत समाजबादी)को भातृ संगठन,युवा संघ नेपाल शंखरापुरको अध्यक्षमा शंखरापुर १, चौकिभञ्ज्याङ्का प्रदिप लामा चयन हुनुभएको छ।त्यसैगरि सो संगठनको उपाध्यक्षमा लक्ष्मण खड्का र सचिवमा रुपक पोख्रेल चयन हुनुभएको छ।
आज सम्पन्न नेकपा (एकीकृत समाजबादि)शंखरापुर नगर कमिटीले साँखुमा आयोजना गरेको एक कार्यक्रमका बिच युवा संघ नेपालको ८१ सदस्य नगर कमिटी घोषणा गरिएको हो। युवा संघ नेपाल काठमाडौ जिल्ला अध्यक्ष गौरीशंकर राणाले सो कमिटिको घोषणा गर्नुभएको हो।
आजै नेकपा (एकीकृत समाजबादि) शंखरापुर नगर कमिटीको आयोजनामा बिहान ८ बजे मोटरसाइकल र्याली मार्फत शंखरापुर नगरपालिका परिक्रमा समेत गरिएको थियो।
सो कार्यक्रमको प्रमुख अतिथीको रुपामा नेकपा (एकीकृत समाजबादी)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणी चौधरी तथा अतिथिको रुपमा युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलको उपस्थिति थियो।