कार्तिक १३, काठमाडौं।
नेकपा (एकीकृत समाजबादी) शंखरापुरको नगर अध्यक्षमा श्याम कुमार वाईबा चयन हुनुभएको छ।आज सम्पन्न उक्त पार्टीको भेलाबाट वाईबाको नेतृत्व १०१ सदस्य कमिटी गठन भएको हो।नेकपा (एस) शंखरापुर नगर कमिटी उपाध्यक्षमा मदन कुमारी बज्राचार्य, सचिवमा अमृत प्रसाद दंगाल तथा उपसचिवमा सुवास आचार्य चयन हुनुभएको हो।
शंखरापुर नगरपालिकाको साँखु स्थित भक्ती बेम्बो कटेजमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेकपा (एकीकृत समाजबादीका) पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मेटमणी चौधरी हुनुहुन्थ्यो।
नेकपा (एकीकृत समाजबादी) शंखरापुर नगर कमिटिको आयोजनामा आज बिहान ८ बजेबाट शंखरापुर नगरपालिकाको इन्द्रायणी चोकबाट शुरु भएको मोटरसाइकल र्याली सानागाउ- साँखु- जहरसिंहपौवा- नाङ्लेभारे- चाँपाबोट-कात्तिके- पालुबारी हुँदै साँखुको महादेबस्थानमा गई टुङिएको थियो। सो र्यालिमा करिव ५०० भन्दा बढिको संख्यामा मोटरसाइकल रहेको मोटरसाईकल र्याली ब्यवस्थापनका कमाण्डर बालकृष्ण सिंले जानकारि दिनुभयो।