काठमाडौं मंसिर ११।
नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला सभापतिका लागि उपेन्द्र कार्की र कृष्ण बानिया( सबुज)को उम्मेद्बारी दर्ता भएको छ। संस्थापन पक्षबाट कार्की र संस्थापन इतरबाट बानियाको प्यानलसहित उम्मेद्बारी दर्ता भएको हो।काठमाडौं क्षेत्र नं २ का बर्तमान क्षेत्रीय सभापति समेत रहेका कार्कीको प्यानलबाट उपसभापतिमा रामलाल अधिकारी र धर्मराज श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रन्जित र सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधान रहेका छन।

 

त्यसैगरी कृष्ण (सबुज) बानिया प्यानलबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसि, सचिवमा इन्द्र बहादुर थापा र गोबिन्द पुडासैनी तथा सहसचिवमा रोमेल श्रेष्ठ र प्रा.डा अमिता प्रधान रहेका छन।बानिया बर्तमान जिल्ला सभापती हुन।

 

आईतबार बिहान ८ बजे नेपाली काङ्ग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उदघाटन कार्यक्रम हुदै छ।त्यसलगत्तै नेतृत्व चयनका लागी निर्वाचन हुने बताईएको छ।

नेकपा (एकीकृत समाजवादी) लिसंखुपाखर २ मा वडा कमिटी गठन

काङ्ग्रेस काठमाडौं सभापतिमा सबुज बाँनियाको प्यानल बिजयी, मत परिणाम सहित