काठमाडौं, मंसिर १३
नेपाली काङ्ग्रेसको आसन्न १४ महाधिवेशन अन्तर्गत हिजो मंसिर १२ गते काठमाडौं जिल्ला सभापतिका लागि भएको निर्वाचनमा सभापतिमा कृष्ण बानिया(सबुज)र उहाँको प्यानल बिजयी भएको छ। काठमाडौं जिल्ला सभापतिका लागी भएको चुनावमा उपेन्द्र कार्की र कृष्ण (सबुज) बानियाँको प्यानलबिच प्रतिस्पर्धा भएको थियो।
प्रकाशमान निकट बानियाँ १९५७ मत प्राप्त गर्दै बिजय हुनुभएको हो। देउवानिकट उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गर्नुभएको थियो।त्यसैगरी उपसभापतिमा बिजयी गोकर्ण केसि(१९२२) राजकुमार नकर्मी(१८२९),धर्मराज अर्याल(१०४७) रामलाल श्रेष्ठ(९४३) मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी सचिवमा बिजयी इन्द्र बहादुर थापा(१९१५) गोबिन्द पुडासैनी(१८१७) मत प्राप्त गर्नुभएको थियो।त्यसैगरी सचिवमा पराजित कुमारराज सुबेदी(९५८) सागर दास रंजितले (९४४) मत प्राप्त गर्नुभएको छ।सहसचिवमा बिजयी प्रा.डा अमिता प्रधान(२०६६) रोमेल श्रेष्ठ(१७७५) मत र पराजित लक्ष्मण गौतम(९०२) सुस्मिता प्रधान(९८८) मत प्राप्त गर्नुभएको छ।
काठमाडौं जिल्ला सभापतिमा बिजयी कृष्ण (सबुज) बाँनिया यो संगै दोश्रो कार्यकालका लागी निर्वाचित हुनुभएको हो।सभापतिमा पराजित कार्की काठमाडौं २ का क्षेत्रीय सभापती हुनुहुन्थ्यो।
आईतबार बिहान ८ बजे नेपाली काङ्ग्रेस काठमाडौंको जिल्ला अधिवेशनको उदघाटन कार्यक्रम काठमाडौंको रास्ट्रीय सभागृहमा भएको थियो।।त्यसलगत्तै नेतृत्व चयनका लागी निर्वाचन दिउँसो १ बजेबाट निर्वाचन भएको थियो।