नयाँ दिल्ली भारत, ९ बैशाख,

रासस(एएनआईस्)
प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई नयाँ दिल्लीको राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्नु भएको छ।
दुई दिने भारत भ्रमणमा रहनुभएका बेलायती प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको थियो ।
ूयो भारत(बेलायत मित्रता र दुई प्रजातन्त्र, सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बीचको मिलनको शुभ क्षण हो। मलाई लाग्दैन कि भारत र बेलायतबीच यति बलियो र राम्रो सम्बन्ध कहिल्यै थिएन जुन अहिले छ,ू जोनसनले भन्नुभयो।
बेलायत र भारतको रणनीतिक प्रतिरक्षा, कूटनीतिक र आर्थिक साझेदारीमा घनिष्ट साझेदारीलाई सुदृढ पार्ने र इन्डो(प्यासिफिकमा सुरक्षा सहयोगलाई अगाडि बढाउने विषयमा गहिरो वार्ता गर्न भारत भ्रमणको शुरुवातमा जोनसन बिहीबार गुजरात आइपुग्नुभएको थियो।
ूउनीहरू ९गुजरातका मानिसहरू० ले हाम्रो लागि शानदार स्वागत गरे। यो एकदम असाधारण थियो। मैले यस्तो रमाइलो स्वागत कहिल्यै देखेको छैन।ू
ूमैले यस्तो स्वागत संसारमा अरू कतै पाएको थिइनँ। पहिलो पटक तपाईको ९प्रधानमन्त्री मोदीको० गृह राज्य हेर्न पाउँदा अचम्म लाग्यो,ू जोनसनले भन्नुभयो ।
यसअघि बेलायती प्रधानमन्त्रीले राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

बेलायती प्रधानमन्त्रीले भारतका विदेशमन्त्री एस जयशंकरसँग वार्ता गर्ने कार्यक्रम छ र त्यसपछि दुबै पक्षले हैदराबाद हाउसमा करिब १ बजे प्रेस विज्ञप्ति जारी गर्ने बताइएको छ ।

भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित

राष्ट्रपति विद्यादेवी भण्डरी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटघाटपछि सामूहिक तस्वीरमा ।