चैत्र ९ काठमाडौँ
काठमाडौँ जिल्लाको शंखरापुर नगरापालिबाट आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट एकमात्र उम्मेद्वारका रुपमा एल पी श्रेष्ठको नाम सिफारिस भएको हो| नेकपा एकिकृत समाजवादी काठमाडौँ जिल्ला कमिटी सचिव एल पी श्रेष्ठ, जिल्ला कमिटी सदस्य घनश्याम थापा तथा बागमती प्रदेश कमिटी सदस्य शम्भु प्रसाद दुलालको नाममा छलफल हुँदा नेकपा एकिकृत समाजवादी शंखरापुर नगर कमिटीले श्रेष्ठको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो|
आगामी निर्वाचनमा काठमाडौँमा गठबन्धनबाट चुनावमा जानका लागी निरन्तर छलफल चलिरहेको छ|तत्कालिन बिधार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका श्रेष्ठ शंखरापुर नगरपालिका वडा नं ६ का स्थाई बासिन्दा हुन्|लामो समयदेखि यस भेगको कम्युनिस्ट आन्दोलनमा सक्रिय श्रेष्ठ युवामाझ लोकप्रिय हुनुहुन्छ|
शंखरापुर नगरपालिकामा नेपाली कांग्रेसबाट शंकर तिवारी ,दिलिप कुमार श्रेष्ठ तथा मंजु खडका,माओवादी केन्द्रबाट निरज केसी, एमालेबाट सुबर्ण श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ र कृष्णलाल बजगाईको नाम सिफारिस गरेको छ|त्यसैगरी राप्रपाबाट रमेश नापितको यसअघिनै उम्मेदवार घोषणा गरिसकेको छ|