काठमाडौँ, साउन १३।
केही समयअघिमात्र फोकस नेपाल संस्थाद्वारा उत्कृष्ट कलेजको रूपमा सम्मानित चाबहिलको सेन्ट लरेन्स कलेजले प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड २०२२ हात पारेको छ। कलेजले अर्को अवार्ड हात पारेको छ। बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कलेजलाई सो अवार्ड प्रदान गरेकी हुन् ।
भारतीय अन्तर्राष्ट्रिय शैक्षिक संस्था हिमाक्षरा र नेपालको शिक्षालय राष्ट्रिय मासिकले संयुक्त रूपमा गरेको १४ औँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सेन्ट लरेन्सले उक्त अवार्ड हात पारेको हो। प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड २०२२ अन्तर्गत विभिन्न विधाहरूमा छनोटमा परेका शैक्षिक संस्था तथा व्यक्तिहरूले फरक फरक विधाका अवार्ड हात पार्दा एक्सिलेन्स अवार्ड सो कलेजले पाएको हो।
मन्त्री भुसालले कलेजका अध्यक्ष केशवप्रसाद दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई संयुक्त रूपमा उक्तअवार्ड प्रदान गरेकी हुन् । लामो शैक्षिक अनुभव र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको आधारमा सेन्ट लरेन्स कलेजलाई सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
भारतीय शैक्षिक संस्था हिमाक्षराबाट डा.एपी जे अब्दुल कलाम अवार्ड २४ व्यक्ति र शैक्षिक संस्थालाई प्रदान गरिएको थियो भने नेपालको शिक्षालयले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सम्मानमा प्रेसिडेन्ट ईन्टरनेशनल एजुकेसनल अवार्डबाट २१ विधामा विभिन्न शैक्षिक व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो