साउन ११, काठमाडौँ ।

सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिए बापत जनतालाई पैसा तिर्नेगरि काम थाल्न लागेको बताएका छन् ।
मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन् ।

फोहर बापत जनताले मासिक पैसा तिर्नुपरेकोमा फोहर दिएबापत जनतालाई उल्टै पैसा दिनुपर्ने गरि काम थाल्न निर्देशन दिएको बताए । मलुक बनाउने जिम्मा हामी सबैको हो भन्दै मन्त्री चौधरीले बन्चरे डाँडामा फोहोर फाल्न दैनिक करिब २५० ट्रक फोहोर फाल्न जाँदा बाटोमै खसाल्ने कुरा, सिसडोल र बन्चरे डाँडाका जनतालाई हेयका दृष्टिले हेर्ने कुरालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्थानीयबासीसँग १७ वर्षमा १७४ पटक सम्झौता भएको तर अहिलेसम्म टुङ्गो नलागेकोले अब नयाँ ढंगले फोहोर व्यवस्थापन हुने उनले बताए । फोहोरबाट मल, ग्याँस र बिजुली निकाल्नेगरि काम सुरु गर्ने मन्त्री चौधरीको भनाई थियो ।

मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असाढ महिनामा मात्र २६.२८ प्रतिशत वित्तिय प्रगति हासिल भएको सहरी मन्त्री चौधरीको भनाई थियो । विद्यमान राष्ट्रिय सहरी नीति, २०६४ लाई परिमार्जनगरि राष्ट्रिय सहरी नीति २०७९ मन्त्रीपरिषदमा पेश भएको, जनकपुर उपमहानगरपालिकामा अस्तव्यस्त रहेको बसपार्कलाई व्यवस्थित गर्न २० करोडको लागतमा आधुनिक बसपार्कको शिलन्यास भएको, पोखरामा करिब १ अर्ब र तिलोत्तमा नगरपालिकामा करिब ७८ करोडको लागतमा सडक निर्माण कार्यको सम्झौता भएको, उर्लाबारीमा करिब ५१ करोड र बिर्तामोडमा करिब ७६ करोड लागतमा सडक निर्माण कार्यको लागि बोलपत्र आव्हान गरेको, सहरी विकासमा सुझाव संकलन गर्न स्कुले विद्यार्थी देखि इन्जिनियरिङ कलेजसम्मका विद्यार्थीसँग छलफल सम्पन्न गरेको, ठुला र विशेष आयोजनामा अनुगमन र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको कुरा समेत मन्त्री चौधरीले बताए।

चाबहिलको सेन्ट लरेन्स कलेजले पायो प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड २०२२

वीर अस्पतालले स्वास्थ्योपचारका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छः प्रम देउवा