साउन १८ काठमाडौं ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यहि २०७९ मंसिर ४ गते गर्न सत्ता गठबन्धनका ५ दल सहमत भएका छन।आज दिउँसो प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउबाको निवासमा बसेको सत्ता गठबन्धनको बैठकले सो मिति तय गरेको हो।
भोलि बस्ने मन्त्रीपरिषदको बैठकबाट सो मिति घोषणा गर्ने बताइएको छ।