नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )काभ्रेको जिल्ला कमिटीको पाँचौ बैठकबाट जिल्ला कमिटी पुनर्गठन भएको छ।पुनर्गठित कमिटीको अध्यक्षमा बसुन्धरा हुमागाई चयन भएका छन।उनी बागमती प्रदेशका कृषि मन्त्री समेत हुन।सो अवसरमा काभ्रे जिल्लाका निवर्तमान अध्यक्ष टोक बहादुर वाईबाले निर्वाचित अध्यक्ष हुमागाईलाई बधाई दिनुभयो।त्यसैगरी सो कमिटीको उपाध्यक्षमा दिपक गौतम, सचिवमा गोकुल गौतम र उप सचिव यशु लामा चयन भएका छन।त्यसैगरी काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सचिवमा गोकुल गौतम चयन हुनु भएको छ।
गत स्थानिय तहको निर्वाचनमा काभ्रे जिल्लामा नेकपा एकीकृत समाजवादीले एक स्थानिय तह र जिल्ला समन्वय समिती हात पारेको थियो।