भदौ १७ काठमाडौं।

आज सम्पन्न नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को कास्की जिल्ला स्तरीय भेलाले महेन्द्रकुमार गुरुङको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ।उक्त कमिटिको उपाध्यक्षमा खडक बहादुर राई, उपाध्यक्ष ईशारा थापा, सचिव प्रदिप भुजेल, सहसचिव राम तामाङ, ज्ञानकुमार श्रेष्ठ र कोषाध्यक्षमा यशोदा गुरुङ चयन भएकि छन्।

त्यसै गरि आजको भेलाले हर्कबहादुर गुरुङको नेतृत्वमा २५ सदस्यीय समाजवादी तमु संघ, होम तामाङको नेतृत्वमा तामाङ संघ, रुद्र वहादुर खप्तडी मगरको नेतृत्वमा मगर संघ,असरमान राईको नेतृवमा राई संघ, कृष्णमान श्रेष्ठको नेतृत्वमा नेवार संघ गठन भएको छ।

आजको कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

पर्यटन मन्त्री श्रेष्ठले शुरु गरे पर्यटकीय क्षेत्रमा विशेष सरसफाई अभियान

काठमाडौं २मा नेपाली काङ्ग्रेसबाट दिपक कुइँकेलसहित ४ जनाको नाम सिफारिस