भदौ २१, काठमाडौं
काठमाडौं निर्वाचन क्षेत्र नं २ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको नाम एकल सिफारिस भएको छ।दुई प्रदेश रहेको सो निर्वाचन क्षेत्रको प्रदेश (ख)मा नेकपा एकीकृत समाजवादीका तर्फबाट बासुदेव दंगाल,रुपेशलाल श्रेष्ठ,अमला श्रेष्ठ र भरत प्रसाद फुँयाल सिफारिस भएका छन्।
२०७४ सालको प्रतिनिधिसभामा यस क्षेत्रबाट माधव कुमार नेपाल संघ र प्रदेशमा सानू कुमार श्रेष्ठ र मणिराम फुयाल निर्वाचित भएका थिए।
नेकपा एमालेबाट यस अघिनै शंखरापुर नगरका निवर्तमान मेयर सुबर्ण श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ र बुद्धभक्त श्रेष्ठ सिफारिस भैसकेका छन्।

माओवादीले काठमाडौं २को संघमा दुई सहित प्रदेशमा सिफारिस गर्यो यी नाम

संगीतकार सन्तोष श्रेष्ठले ल्याए उपन्यास ‘फरैना’