भदौ २६,काठमाडौं।
नेपाली सांगीतिक क्षेत्रका युवा संगीतकार सन्तोष श्रेष्ठको पहिलो उपन्यास ‘फरैना’ सार्वजनिक भएको छ।हिजो शुक्रवार नेपाल पर्यटन बोर्डको सभाहलमा सो पुस्तक बिमोचन गरिएको हो।थारु युवतिको कथामा आधारित सो उपन्यासको बरिस्ठ गितकार प्राध्यापक डा.कृष्णहरी बराल,संबिधानविद भिमार्जुन आचार्य,महानायक राजेश हमाल,एमाले नेतृ शान्ता चौधरी तथा लेखक तथा संगितकार श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेका हुन।

नेपाली संगित क्षेत्रका सुपरिचित संगीतकार श्रेष्ठले विभिन्न लोकप्रिय गितमा संगित दिईसकेका छन्।उनको यो पहिलो उपन्यास हो।इन्डिगो इन्कले बजारमा ल्याएको यो उपन्यासको बजार मूल्य ४ सय तोकिएको छ।

एकीकृत समाजवादीबाट काठमाडौं २ को प्रदेश (ख) मा बासुदेव दंगाल सहित सिफारिस भए यी नेता

काठमाडौं म्याराथनमा पहिलो भए हरी