माघ ५, काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साँस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान भएको बताएका छन् ।

कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५९ औँ सोनाम ल्होछारको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । तामाङ समुदायको साँस्कृतिक परम्पराले समाज र सिंगो राष्ट्रलाई परिवर्तनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले पर्वहरुलाई पहिचानको रुपमा लिएर त्यसले इतिहासमा खेलेको भूमिकालाई गौरवका साथ लिनुपर्ने बताए ।

तामाङ समुदायको महान पर्व सोनाम ल्होछारले पहिचान, अधिकार र सामाजिक सद्भावको सम्बन्ध स्थापित गरेको बताए । मौलिक धर्म, संस्कृति र परम्परालाई संरक्षण गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै २०५१ सालमा तत्कालिन मनमोहन अधिकारी सरकारमा हुँदा तामाङ समुदायले पहिचानसहित सरकारी कर्मचारीमा भर्ती गर्ने व्यवस्था गरेको बताए ।

त्यस अघि तामाङ समुदायमा व्यक्तिमा भएको ज्ञान, खुबी र सीपको आधारमा जागिर खान नपाउने र थर परिवर्तन गरी जागिर खानुपर्ने जस्ता विभेदलाई अन्त्य गरेको बताए । मनमोहनकै सरकारको समयमा अध्यक्ष नेपाल आफुँ रक्षमन्त्री हुँदा महिलाहरुलाई समेत सेना र प्रहरीमा भर्ती गर्ने नीति ल्याएको बताए ।

नेपाल तामाङ संघ समाजवादी केन्द्रीय अध्यक्ष लाप्साङ लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा तामाङ मौलिक परम्पराअनुसारको तामाङ जुहारी कलाकार संघको प्रस्तुती रहेको थियो । साथै तामाङ मौलिक परिकार समेत प्रर्दशन गरिएको थियो ।

सत्ता गठबन्धनबाट उपसभामुखको उम्मेदवारमा काठमाडौं २ कि सांसद सोबिता गौतम कन्फर्म

सोनाम ल्होसारको सुभकामना-झलनाथ खनाल,पूर्व प्रधानमन्त्री