काठमाडौ,१४ फागुन
फागुन १३ गते शनिबार शंखरापुर नगरपालिका वडा नं ५ को पालुबारुस्थित बसपार्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

“मानवताको सेवा जीवनको सर्बोत्तम कार्य हो” भन्ने मुल उद्देश्यका साथ साँखु जेसिसको सहयोगमा पालुबारिस्थित हरिहर टोल बिकास संस्थाको आयोजनामा सो कार्यक्रम गरिएको कार्यक्रम संयोजक रुपक पोखरेलले बताउनु भयो। सो कार्यक्रमलाई प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा तथा दिर्घायु हेल्थ केयर नेपाल प्रालीले सहयोग गरेको थियो।

 

बिहान ७:०० बजेबाट शुरु भएको सो कार्यक्रममा करिव ६६ जना महानुभावले रक्तदान गर्नुभएको थियो।सो कार्यक्रममा शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ तथा वडा नं ५ का वडाअध्यक्ष शेरगम्भिर थापाको सहभागिता थियो। सो कार्यक्रममा तारामण्डल महिला समूहले फलफुल सहयोग गरेको थियो।कार्यक्रम आयोजक हरिहर टोल बिकास समितिले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पुर्ण  महानुभावहरुलाई धन्यवाद व्यक्त गरेको छ।

आज (शनिबार)शंखरापुरको पालुबारिमा रक्तदान कार्यक्रम हुँदै

रास्ट्रपतिको चुनावमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय