फागुन १८ काठमाडौं।

समुदायखबर-समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शंखरापुर नगर समिती पुनर्गठन भएको छ। शंखरापुर नगर प्रमुख रमेश नापितको संयोजकत्वमा ३५ सद्स्य समुदाय प्रहरी साझेदारी शंखरापुर नगरपालिका समिती पुनर्गठन भएको हो।सो कार्यक्रम हिजो फागुन १७ गते बुधबार साँखु स्थित समरा गार्डेन रिसोर्टमा सम्पन्न भएको हो।

साँखु स्थित सामुदायिक प्रहरीका अध्यक्ष एल पि श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित हुनुहुन्थ्यो।त्यसैगरी सो कार्यक्रमको अतिथितिमा शंखरापुर नगर उपप्रमुख समिता श्रेष्ठ तथा प्रहरी बृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेत हुनुहुन्थ्यो।सो कार्यक्रममा शंखरापुर नगर स्वास्थ्य शाखाका प्रमुख बिष्णु प्रसाद चाँपागाई,महिला तथा बालबालिका शाखा प्रमुख निर्जला चुँडाल(अधिकारी) समेत उपस्थित हुनुहुन्थ्यो।

सो कार्यक्रममा शंखरापुर नगरपालिकाबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनितिक दलका प्रतिनिधि,समाजसेवी,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पत्रकार तथा अन्य महानुभावहरुको उपस्थित थियो।

सो अवसरमा प्रहरी बृत बौद्धका प्रमुख प्रहरी उपरिक्षक हरी बहादुर बस्नेतले समाजमा हुने विभिन्न प्रकारका आपराधिक क्रियाकलापको रोकथाममा समुदायको भुमिकाका बिषयमा चर्चा गर्नुभएको थियो।

 

सो कार्यक्रमको ब्यवस्थापन प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरिक्षक जनक पुरिले गर्नुभएको थियो भने कार्यक्रम संचालन प्रहरी नायव निरिक्षक पिताम्बर पराजुलीले गर्नुभएको थियो।

 

रास्ट्रपतिको चुनावमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

प्रधानसेनापती शर्माद्वारा शंखरापुरको जहरसिंपौवामा पूर्वप्रधानसेनापति शिवराम सिंह बस्न्यातको शालिक अनावरण