फागुन १९ काठमाडौं, शंखरापुर ।
शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा प्रधानसेनापती प्रभुराम शर्माले नेपाली सेनाका पूर्व प्रधानसेनापति शिवराम सिंह बस्न्यातको पुर्ण कदको शालिक अनावरण गर्नुभएको छ। सो शालिकको २०७७ सालमा पूर्व प्रधानसेनापति पुर्ण चन्द्र थापाले शिलान्यास गर्नुभएको थियो।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै प्रधानसेनापती प्रभुराम शर्माले नेपालको इतिहास निर्माणमा नेपाली सेनाको उल्लेखनीय भुमिका रहेको बताउनुभयो। बि. सं १७७१ सालमा गोरखामा जन्मेका नेपाली सेनाका पूर्व प्रधानसेनापती बडावीर शिवराम सिंह बस्न्यातले नेपाल एकीकरणका समयमा बि. सं १८०३ फागुन ५ गते हालको काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं ३ को साँगाचोकको द्वारेटोलमा वीरगती प्राप्त गरेको इतिहासमा उल्लेख छ।उहाँ नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका प्रथम सेनापती समेत रहेको बताईन्छ।
श्रीपाली बस्न्यात समाजले करिव २२ लाख रुपैयाँ लगानीमा निर्माण गरेको सो शालिक ढलौटबाट बनेको श्रीपाली बस्न्यात समाजका अध्यक्ष निरन्जन मान सिंह बस्न्यातले बताउनुभयो। शंखरापुर नगरपालिका वडा नं ३मा सो शालिक,पार्क तथा सैनिक संग्राहलय निर्माणका लागि करिव ३ रोपनी जग्गा उपलब्ध गराईएको शंखरापुर नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबाले बताउनुभयो।
सो कार्यक्रममा श्रीपाली बस्न्यात समाजका सदस्य,पूर्व तथा बहालवाला नेपाली सेनाका अधिकारी, प्रहरी तथा सशत्र प्रहरी अधिकारी,शंखरापुर नगर प्रमुख,वडा अध्यक्ष तथा पूर्व जनप्रतिनिधि,स्थानियबासीको उल्लेख्य उपस्थिती थियो।यो शालिक निर्माणले जहरसिंपौवाको पर्यटकीय बिकासलाई टेवा पुर्याउने बताईएको छ। कार्यक्रममा शालिक निर्माणका क्रममा सहयोग पुर्याउनुहुने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको शंखरापुर नगर समिती पुनर्गठन

पराक्रम बालप्रतिभा पुरस्कार एलिशा फुयाल र योगेश राईलाई