फागुन २० काठमाडौं।

समुदायखबर-नेपाल लेखापढि कानुन ब्यवसायी एशोसियसन शंखरापुरको तेश्रो साधारणसभाबाट अध्यक्षमा दिलिप बस्नेत चयन भएका छन्।कुल १८५ जना मतदाता रहेकोमा उनले १०७ मत प्राप्त गरेका थिए। साँखुस्थित सलम्बुदेबि कानुनी सेवा संचालनमा छ।आज शंखरापुर नगरपालिकाको वडा नं ९ को ओदान रिसोर्टमा सम्पन्न उक्त अधिवेशनबाट बस्नेतको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन भएको हो। त्यसैगरी सो कार्यसमितिको सचिवमा सरोज अधिकारी चयन भएका छन्।उनले १३३ मत प्राप्त गरेका छन।उनी भगवती  कानुनी सेवाका संचालक हुन् ।कार्यक्रमको प्रमुख अतिथिमा नेपाल लेखापढि कानुन ब्यवसायी एसोसियशनका केन्द्रिय अध्यक्ष सिताराम दाहाल हुनुहुन्थ्यो।

नेपाल लेखापढि कानुन व्यवसायी एसोसियसन शंखरापुरका अध्यक्ष रामशरण ढुङ्गानाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिनिधि,समाजसेवी राजनीतिक दलका नेता तथा अन्य महानुभावहरुको उपस्थिती थियो।

 

पराक्रम बालप्रतिभा पुरस्कार एलिशा फुयाल र योगेश राईलाई

खेल श्रम, संस्कृति र अर्थतन्त्रको आधारसमेत हो : प्रधानमन्त्री