बैशाख ६ काठमाडौं।
संघिय सरकारको भौतिक पूर्वाधार मन्त्रालययबाट आर्थिक बर्ष २०७८/७९ मा बजेट व्यवस्थापन गरि निर्माण कार्य शुरु गरिएको “एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक बिकास कार्यक्रम” अन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं २ को साँखु – बज्रयोगिनी – घुमारचोक -डाँडाकटेरी -चौकिभन्ज्याङ सडकको पहिलो चरणको कालोपत्रेको काम आज, बैशाख ६ गतेबाट शुरु भएको छ। नेकपा (एकीकृत सामजवादी) अध्यक्ष तथा यस क्षेत्रका तत्कालिन सांसद माधव कुमार नेपालको आफू काठमाडौं २ को सांसद हुँदा यो सडक निर्माणका लागि २० करोड बजेट व्यवस्थापन गर्नुभएको थियो।यो  सडकको निर्माण कमलजित एन्ड आर ए जेभीले गरिरहेको छ।

आर्थिक बर्ष २०७८/७९का लागी २० करोड बजेट बिनियोजन भएको यो सडकको निर्माणको काम डिभिजन सडक कार्यालय काठमाडौंले ठेक्का मार्फत गरेको हो।यस आ. ब २०७९/८० मा २० करोडले करिब ३ किलोमीटर सडक कालोपत्रे गरिने डिभिजन सडक कार्यालय काठमाडौंका प्राबिधिक तुलकान्त चौधरीले बताउनुभयो।सडक निर्माणको काम साँखु स्थित धुल्ला गेटबाट शुरु गरिएको हो।
करिव १ अर्ब ३० करोडको डिपिआर रहेको यो सडक खण्डको सम्पुर्ण भागको निर्माण सम्पन्न हुँदा शंखरापुर नगरपालिकाका वडाहरु २,४ र ८ गुणस्तरीय सडकमा जोडिने छन।

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

शंखरापुर १ कि ८७ बर्षिय नन्दकुमारी ढकाल ३ दिनदेखि बेपत्ता