काठमाडौं । बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले देश विकासमा महिलाहको भूमिका उच्च रहेकोले महिला दिदी बहिनीहरु उद्यमी भएर आत्मनिर्भर भएकोप्रति प्रशंसा गरेकी छन ।
मन्त्री खड्गीले देश संघीयतामा जाने बेला स्थानीय तहमा मेयर उपमेयरमा एक पदमा महिला अनिवार्य हुनुपर्ने भन्दै धर्ना बसेको कुराको स्मरण समेत गरिन । महिलालाई अघि बढ्न धेरै संघर्ष गर्नुपर्ने भन्दै पछिल्लो समय महिला देशको उच्च पदमा पुगिसकेको बताइन। महिलाहरु इमान्दारीताका साथ शुन्य भ्रष्टाचारको नीतिमा काम गर्ने भएकाले देशको सुशासनमा समेत महिलाको भूमिका उच्च रहने छ उनले भनिन ।
नेपाल व्यापार संघ केन्द्रीय कार्यालयले नेपाली महिलाहरुको महान चाड हरितालिका पर्व (तीज) का अबसरमा तीज विशेष कार्यक्रम २०८१ का अबसरमा बानेश्वरमा भएको एक कार्यक्रमलाई उद्घाटन मन्तब्य दिने क्रममा महिलाहरुलाई सान्त्वना दिदैं मन्त्री खड्गीले उक्त विचार ब्यक्त गरेकी हुन ।
कार्यक्रममा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले समेत संघमा आवद्ध महिला दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गरे । साथै व्यापार संघले देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेकोले व्यापार संघलाई पाखा लगाउने कार्य स्वीकार्य नहुने भएकाले व्यापारीको हितमा समेत काम गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गरेका छन । महिलाहरु सक्षम र उद्यमशील बनाउन व्यापार संघ लागिपरेको समेत उनले जानकारी गराएका छन ।
कार्यक्रममा शुभकामना सन्देश दिदैँ तीज विशेष कार्यक्रम संयोजक तथा नेपाल व्यापार संघकी महिला उपाध्यक्ष पार्वती भट्ट पौडेलले महिलाहरुलाई एकिकृत गरि खुसी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने अवसर पारि तीज विशेष कार्यक्रम आयोजना गरिएको बताईन ।
कार्यक्रममा नेपालको मौलिक कला र संस्कृतिको सम्वद्र्धन एवं संरक्षण गर्नुका साथै प्राकृतिक, दैविक विपत्तीमा मानवीय सहयोगको लागि अग्रणी भूमिका निर्वाह गरी समाज र देशको लागि योगदान गर्नुहुने समाजसेवी कृष्ण कँडेललाई मायाको चिनोले सम्मान समेत गरेको थियो ।
कार्यक्रममा डा.भद्रा पराजुली, संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, पूर्व अध्यक्ष कुमार कार्की, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रथम उपाध्यक्ष गिरीराज पोखरेल, महिला उपाध्यक्ष पार्वती भट्टसँगै इन्दिरा लामिछाने, महासचिव दिपक सापकोटा, गण्डकी उपाध्यक्ष जयकृष्ण शर्मा, कोशी प्रदेश उपाध्यक्ष तेज प्रसाद आचार्य लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।