विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताएका हुन्।
कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि कांग्रेसका नेताहरुसँग पनि मन्त्रालय नफुटाउने कुराकानी भएको बताए ।
उनले भने , ‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ।’ मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद बिस्तार हुने जानकारी समेत दिए। काँग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद बिस्तार हुने मुख्यमन्त्री कार्कीले बताएका छन् ।

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

समाजवादीहरुको उदयले साम्राज्यवादीहरू आतङ्कित भएका छन् : खनाल