काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट नदिइने बताएका छन् । केपी शर्मा ओलीको नामको सामाजिक संजाल फेसबुकमा आइतबार राति एक पोष्ट गर्दै उनले त्यस्तो बताएका हुन् ।
उनले भनेका छन् ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ । उनले २१ अर्ब ८८ करोड नै उठाउनु पर्छ भन्दै ओलीले बक्यौता सबै रकम उठाइने बताएका हुन् ।

केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो ।

उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।

नेकपा एकीकृत समाजवादी सानो पार्टी होईन : माधव नेपाल

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै : देशभर सार्वजनिक विदा

Related Posts