काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुनै दल विशेषले मात्र संविधान संसोधन गर्न नसक्ने बताएका छन् ।
आइतबार काठमाडौंमा सुरु पार्टीको पहिलो पूर्ण केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै दलले मात्रै संविधान संशोधन गर्न सम्भव नरहेको बताएका हुन्। उनले सबै दलसँग सहकार्य र सहमति गरेर राष्ट्रिय आवश्यकताका आधार संविधान संशोधन हुनुपर्ने बताए। अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले आफूहरुको सहभागिताबिना संविधान संशोधन गर्ने सम्भावना नरहेको समेत बताए ।

उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसमा खुला बहस गरेर अघि बढ्नुपर्ने धारणा पनि राखे । उनले भने, विगत २०७२ सालदेखि अहिले २०८१ सालसम्म नौ वर्षको समीक्षा गरौँ । पुराना संविधानको प्रावधानलाई पनि समिक्षा गरौँ । संसारको अरु देशको संविधानलाई पनि हेरौं । हाम्रो अनुभव र व्यवहारलाई पनि हेरौं ।

यस आधारमा कहाँ-कहाँ सुधारको आवश्यकता छ ? सुधार आवश्यक छैन होइन, जरुरी छ । तर समग्र पक्षलाई नसोची गर्दाखेरी समस्यामा परिन्छ । त्यसो हुनाले त्यसलाई जुन हिसाबले अगाडि बढाउन खोजिएको छ । विद्रोह गरि नयाँ पार्टी बनाउने कदम ठीक रहेको भन्दै उनले पार्टीको भविष्य राम्रो रहेको समेत बताए।

उनले आफूहरूले विद्रोह गरेका कारण राजनीति ठीक दिशामा आएको र संविधान बच्न सफल भएको उल्लेख गरे। कम्युनिष्ट आन्दोलनमा धेरै गुटबन्दी धेरै देखापरेको भन्दै वस्तुनिष्ट समीक्षा गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए। अध्यक्ष नेपालले पार्टी नीति विपरीत कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिए।

 

आज पृथ्वीराजमार्ग साढे तीन घण्टा बन्द हुने

सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई आदेश दिँदैन: प्रधानमन्त्री

Related Posts