विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा बिदा दिएको हो ।
विराटनगर महानगरपालिका– १ स्थीति राधाकृष्ण मन्दिरबाट विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्रा सुरु भएको थियो, २०२५ सालबाट रथयात्रा निकाल्न थालिएको थियो ।
विराटनगरको रथयात्रालाई दक्षिण एसियाको दोस्रो ठूलो रथयात्रा रहेको दाबी गरिन्छ । पहिलो भने भारतको जगन्नाथपुरीको रथलाई मानिन्छ ।
मंगलबार दिउँसो साढे ३ बजे मन्दिरबाट निकालिने रथ तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै ९ किलोमिटर यात्रा गर्दै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
संघीय सरकारले दिएका सार्वजनिक बिदाबाहेक प्रदेशलाई ६ वटा थप बिदा दिने सुविधा छ ।