काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का लिजेण्ड क्रिकेट लिग खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका पारस लिजेण्ड लिग क्रिकेटमा गुजरात टिमबाट खेल्ने भएका हुन् । उनलाई आउँदो सिजनका लागि गुजरातले २० लाख नेपाली रुपियाँमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लिजेण्ड लिग किक्रेटको तेस्रो सिजन आगामी सेप्टेम्बर २० देखि शुरु हुँदै छ । लिजेण्ड लिग क्रिकेटमा सन्यास लिएका क्रिकेटर खेल्ने गर्दछन । लिजेण्ड लिगमा ६ टिम बीच कुल २५ खेल खेलिने बताइएको छ । तेस्रो सिजनका खेलहरु भारतको जोधपुर, सुरत र जम्मुमा हुने छन् । यस सिजनको फाइनल खेल अक्टोबर १६ मा हुने छ ।

प्रमाण भएरनै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो: गगन थापा

अमेरिकामा मुना पाण्डेको हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ

Related Posts