भदौ १४,काठमाडौँ ।
गोरखा घर भई हाल काठमाडौँ बस्ने सागर पाण्डे ३० वर्षदेखि निरन्तर पर्यटक क्षेत्रमा सक्रिय हुनुहुन्छ । काठमाडौँमा २०२८ सालमा जन्मिएर बाल्यकाल गोरखामा बिताउनुभएका उहाँ साइन्सको विद्यार्थी भएर पनि पर्यटक क्षेत्रमा लागेको ३ दशक बितेको छ ।
उहाँको अनुभवमा पर्यटन क्षेत्रले जुन गतिमा फड्को मार्नुपर्ने हो त्यो हुन नसक्दा नेपालको पर्यटन सम्भावना भएर पनि शिथिल भइरहेको छ ।
त्यसैले उहाँले यसपालि टानको नेतृत्व गरेर पर्यटन क्षेत्रको विकासमा लाग्ने सोच अघि सार्नुभएको छ । निरन्तरताका लागि पद ओगट्ने नभई साँच्चै केही गरेर देखाउने अठोटका साथ उहाँ टानको नेतृत्वमा होमिनुभएको छ ।
देश विदेशको पर्यटन क्षेत्रको ज्ञान प्राप्त गर्नुभएका उहाँ परिवर्तित समय अनुसार पर्यटक क्षेत्रलाई अघि बढाउनका लागि राज्य र निजी क्षेत्रको सहकार्य जरुरी रहेको औँल्याउनुहुन्छ ।
पाण्डे यसरी लाग्नुभयो पर्यटन क्षेत्रमा
गोरखाको भीमसेन गाउँपालिका ६ अस्राङका पाण्डे परिवारको कान्छो सदस्य हुन्ुहुन्छ । महान्यायाधिवक्ताको कार्यालमया खरदार भएकाले बुबा काठमाडौँमा बस्नुहुन्थ्यो । त्यहाँ बेला उहाँको जन्म काठमाडौँमै भयो । उहाँका ३ दिदी छन् । विसं २०३३ सालतिर छुट्टाभिन्न भएपछि आमा गोरखा फर्कनुपर्ने भयो । काखे बालखा उहाँ आमासँगै जानुभयो ।
उहाँले सात कक्षासम्म अस्राङको चण्डी निमाविमा पढ्नुभयो ।
त्यतिबेला बोर्लांडमा प्रस्तावित मावि बनेको थियो तर उहाँ गोरखा सदरमुकाम पोखरीथोकमा रहेको शक्ति माध्यामिक विद्यालयमा ८ कक्षा भर्ना हुनुभयो । डेरा लिएर ३ वर्ष त्यहाँ पढेपछि २०४४ सालमा पहिलो डिभिजनमा पास गर्नुभयो । त्यसपछि अमृत साइन्स कलेज काठमाडौँमा २०४५ सालमा भर्ना हुनुभयो ।
त्यही बेला आमा विरामी हुँदाहुँदै पनि आइएससी सक्नुभयो । फिजिक्स पढेकाले इन्जिनियरतर्फ जाने चाहना भएकाले जुओलोजी भर्ना हुन त्रिचन्द्र गएर २०४९ सालमा विएससी सक्नुभयो । त्यसपछि कि भारत की अमेरिका जानुपर्ने अवस्था आयो । त्यो बेला नेपालमा त्यो एड्भान्स कोर्स आइसकेको थिएन ।
त्यही कारण उहाँ पर्यटक क्षेत्रसँग जोडिनुभयो । अनुभव नहुँदानहुँदै जोडिँदा उहाँसँग दुई कुराको ज्ञान भने थियो । उहाँ भन्नुहुन्छ, “एउटा पठाई साइन्स परेको र अर्को ट्रेकिङ रुटको बारेमा भौगोलिक अवस्था बारे पढाइकै सिलसिलामा जानकारी लिएकाले समस्या भएन । कहाँ कति हाइट, कहाँ डाँडा, कहाँ खोला छ? भन्ने कुरा मलाई सजिलै थाहा भयो ।”
शुरुमा काम गर्दागर्दै पर्यटन व्यवसायीकै रुपमा प्रवेश गर्नुभयो । पाटनरसीपमा ३ वर्ष काम गर्नुभयो । त्यसपछि साथीहरुसँग स्वभाव मिलेन । संस्थागत विकास भए दीगो हुन्छ भन्ने चाहना उहाँको थियो । त्यसपछि सन् १९९८ मा हिमालयन ग्लासियर ट्रेकिङ भनेर शुरु गर्नुभयो । व्यापार सम्बन्ध बनाउँदै अघि बढ्दा २००३ मा होटल इन्काउन्टर खोल्नुभयो ।
मान्छेलाई खाने र बस्ने त अपरिहार्य हो, चाहे महँगोमा या सस्तोमा खाओस्÷सुतोस् भन्ने सोचले उहाँ होटलमा प्रवेश गर्नुभएको हो । फुपुको छोराले पनि पर्यटन र एकाउन्टेन्ट पढेको हुनाले उसँगै कम्पनी चन्दै आयो । अहिले २४ वर्ष भइसकेको छ होटल र हस्पिटालिटीको विकास गरेर सेवा दिन थाल्नुभयो ।
कोभिडपछि मान्छे निरास थिए । पर्यटन क्षेत्रमा लगानी ठिक होइन भन्नेमा थिए । “मलाई अवसरहरु क्राइसिसमै हुन्छ, हामीले देख्ने या नदेख्ने भन्ने चाहिँ ठुलो हो, सोचाई फरक हुनसक्छ, तर हामीले केही गर्न सकिन्छ भन्ने सोचपछि ठमेलमा पुरानो बिजनेश थियो । म्यानेजमेन्ट हुन सकेको थिएन मैले टेकअप गरेर काठमाडौँ ग्रिल रेष्टुरेन्ट एण्ड वाइन बार भनेर फष्ट क्लासको रेष्टुरेन्ट शुरु गरेको हुँ”, उहाँले अनुभव सुनाउनुभयो । त्यसमा कोठाहरु पनि १५, १६ वटा छ । यसरी हेर्दा उहाँले ३० वर्ष पर्यटन क्षेत्रमा बिताइसक्नुभएको छ ।
टान नेतृत्वमा किन ?
अहिले चनुावको कुरा हेर्दा ट्रेकिङ व्यवसायीहरको छाता संगठन हो टान । १५ सय जति सक्रिय सदस्यहरु नै भएको संस्था हो । यी संस्थाहरुको हकहितका लागि सबै व्यवसायीको साझा आवश्यकता र समस्यालाई कसरी आफ्नो तर्फबाट र राज्यसँग जोडिएका प्रश्नको समाधान गर्न सकिन्छ भन्नका लागि संस्था खुलेको हो ।
उहाँका अनुसार समय जसरी परिवर्तन भएको छ, व्यापारको मोडालिटी, उपभोक्ताको बानी बेहोरा रुचि, ट्राभल गर्ने तरिकाहरु परिवर्तन भएको छ । नेपालमा नीतिहरु समय सापेक्ष परिवर्तन नहुँदा समअनुकुल प्रतिफल दिने अवस्था नरहेको उहाँ सुनाउनुहुन्छ ।
उहाँ विगतमा सन् २०१३–१५ को महासचिव भएर काम गर्नुभयो । सन् २०१५ को अध्यक्षको प्रतिष्पर्धी पनि हुनुहुन्थ्यो ।
पछिल्लो सममयमा उद्योगको एक हिसाबले गार्जेनसिपमा आइसकेको हुनाले आफूले प्राप्त गरेको ज्ञान सिप र अनुभवका कारण नेतृत्वमा जाउँ भन्ने सोच पलाएको उहाँ बताउनुहुन्छ ।
धेरै उद्योगीहरुको भनाइमा अहिलेसम्म हेर्दा टानको नेतृत्वको निरन्तरता मात्रै भयो भन्ने आइरहेको पनि छ । उहाँ भन्नुहुन्छ, “मेरो व्यक्तिगत रुपमा टानका पुर्वअध्यक्षहरुले केही पनि गर्नुभएन भन्ने होइन । तर पछिल्लो समयमा राज्यले पनि आर्थिक अवस्थालाई माथि लैजान पर्यटनको विकास गर्नुपर्छ भन्ने अवधारणा पनि जवरजस्त उठेको छ ।”
उहाँका अनुसार आम नागरिकले पनि बुझेको अवस्था छ पछिल्लो समयमा नेपाली पनि पर्यटकका रुपमा बाहिर धेरै जाने गरेका छन् । त्यसकारण समय सापेक्ष जुनरुपमा प्रतिफल पाउनुपर्ने हो पाउन नसकिएको उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार चुनौती टान एक्लैले सामना गर्न सक्ने होइन । उहाँको चाहना भने पर्यटन क्षेत्रमा लागेका सबै संघसंस्थालाई एक ठाउँमा ल्याउने र त्यसको नेतृत्व टानले गर्ने अनि समस्या सधानका लागि राज्यलाई झक्झक्याएर पूरा गर्न राज्यलाई बाध्य पार्ने रहेको छ । त्यसकारण यो चुनावमा समग्र पर्यटन विकास र व्यवसायमा जोडिएका समस्या समाधान गर्न ढिला गर्न नहुने उहाँ बताउनुहुन्छ ।
राष्ट्रिय एयरलाइन्सलाई सुधार गर्नैपर्छ
उहाँका अनुसार अर्काे कुरा कुनै पनि पर्यटन विकासको आधारभूत विषय भनेको त्यो देशको राष्ट्रिय एयरलाइन्स हो । नेपालको सन्दर्भमा नेपाल एयरलाइन्स हो । आज हाम्रो एयसलाइन्को अवस्था के छ ? “नयाँ मन्त्री आयो एयरलाईन्सले यती फाइदा गर्यो । यो स्थापना एक दुई अर्ब फाइदाका लागि हो की समग्र पर्यटन विकासका लागि अघि बढाउन भएको हो । भने आज स्थापना ५० वर्ष बढी भइसकेको छ । विकास राम्ररी हुन सकेको छैन । त्यसैले यसको विकास नभई पर्यटन विकास सम्भव छैन”, उहाँले भन्नुभयो ।
अर्काे राज्यको पनि समस्या हो । हामी हतियार उत्पादन गर्दैनौँ, सफ्वेयर छैन । कृषिमा पराश्रित छौँ सबै हेर्दा राज्य आर्थिक रुपमा पछि परेको उहाँको बुझाइ छ । त्यसकारण वर्षमा ३० लाख पर्यटक भित्र्याउन के गर्ने भनेर लाग्न जरुरी छ । त्यसका लागि उहाँको बुझाइ नेपाल एयरलाईन्सको व्यवस्थापमा आमूल परिवर्तन गर्न जरुरी छ ।
जुन रुपमा एयरलाइन्सको विकास भएको छैन त्यहाँ पक्कै समस्या छ । थाइ र नेपाल एयरलाइन्स एकै समयमा स्थापना भएको हो । थाई कहाँ पुग्यो । त्यसकारण प्राइभेट सेक्टरको राज्यलाई दवाव दिनै जरुरी छ । नेपाल एयरलाईसनको व्यवस्थापन पुनसंरचना गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
उहाँ अब विश्वको ख्यातीप्राप्त एयरलाईसनको म्यानेजमेन्टलाई निश्चित वर्षरम्म जिम्मेवारी दिन जरुरी छ भन्नुहुन्छ । अब पोखरा, भैरहवा विमानस्थल बन्यो । अन्तरराष्ट्रिय प्mलाइट आएको छैन । भारतले कति बोइङ अडर गरेको छ एयरबस मागेको छ । अब न्युयोर्कबाट काठमाडौँमा अवतरण गर्ने बेला हो नी त । धेरै कुरा छ त्यसैले समय सापेक्ष काम गर्न सकिएको छैन । यी यावत कुराहरु डिल गर्न लिडरसिप प्रमुख कुरा भएको उहाँले सुनाउनुभयो । पाण्डेले थप्नुभयो, “त्यसका लागि अहिले आफूलाई उभ्याएको छु । सबै कुरा हेर्दा लिडरसिपको क्षमता भिजन, डिलिङ क्षमता पनि हुन्छ । ती कुरा महत्वपूर्ण हो पदीय जिम्मेवारी मात्रै ठूलो कुार होइन । संस्थालाई समय दिनुपर्ने पनि हुन्छ । यी सबै कुराको व्यवस्थापन गर्दै आफूले यो अभियानमा उभ्याएको छु । साथीहरुले त्यो बुझ्नुभएको छ र स्वविवेक प्रयोग गर्नुहुन्छ भन्ने लागेको छ ।”
नयाँ पुस्तालाई के सुझाव छ ?
उहाँ आफ्नो सफलता भनेको परिवार र आफैँलाई दिनुहुन्छ । क्रियाशिलता सिर्जनशिलता नै सफताको कारण हो । असजिलो अवस्थामा नआत्तिने र सफलता प्राप्त गर्दा नमात्तिने स्वभावका पाण्डे सफलताको सुत्र मान्नुहुन्छ । व्यापारमा सबैभन्दा ठूलो कुरा इमान्दारिकता भएको उहाँ बताउनुहुन्छ ।
उहाँ भोलि पर्यटन क्षेत्रमा आउने पुस्तालाई पर्यटनका धेरै आयाम भएकाले जसरी विकास हुनुपर्ने हो नुहँदा युवा पुस्ता फ्रष्टेड भइसकेका बताउनुहुन्छ। ती समस्या समाधान गर्न सके ठूलो संख्यामा लाभ पाउने अवस्था रहेको तर अहिले भारत चीनबाट पर्यटक आउने अवस्था धेरै रहेको छ । अब हामीले गर्नुपर्ने दुई कुरा छन् । एउटा प्राकृतिक कुराको संरक्षण गर्दै हस्पिटालिटीको नयाँ आयम खोज्ने र अर्काे कृत्रिम सम्भावनाहरु पनि खोजनुपर्ने हुन्छ ।
उहाँ पर्यटकको आआफ्नै चाहना छ । अबको क्रस बोर्डर पर्यटन भनेको हस्पिटालिटी पर्यटन हो भन्नुहुन्छ । नाइट लाइफ । ४, ५ घण्टामा पटनाबाट आइपुग्छ । २ रात बस्छ, घुम्छ, स्टे, बार क्यासिनो गर्छ ।
“न्युयोर्क मान्छे किन जान्छ ? त्यही टाइम्स स्क्वायरको फोटो खिच्न, लिवर्टी आइल्याण्ड घुम्न जाने होइन । अब हाम्रो तराइको त्यत्रो भाग खाली छ । त्यहाँ हामीले सुन्दर टाउनको कम्पना गरौँ त । नमूना बनाऔँ न, पर्यटक आइहाल्छन् नी । अहिलेसम्म प्राकृतिक आफैँमा राम्रो छ । तर सबै त्यसका लागि मात्रै आउँदैनन् ।”
त्यसैले पर्यटक विकासमा नयाँ आयाम छ । राज्यले निजी क्षेत्रलाई लगानी गर्ने वातारण बनाइदिनुपर्छ । नेपालमा जग्गाको मूल्यका कारणले लगानी गर्न गाह्रो छ । न्युयोर्क र यहाँको जग्गा हेर्ने हो भने यहाँ ३ गुण बढी महँगो रहेको उहाँले बताउनुभयो ।
पर्यटन क्षेत्रमा सामाजिक सञ्जाल
उहाँका अनुसार अहिले ज्ञान र प्रविधि विश्यव्यापी छ । अब हामीले त्यसबाट लाभ लिने पर्छ । परिवर्तन गर्न गाह्रो छैन ।
जसरी सामाजिक जीवनमा सोसल मिडिया वा डिजिटल मार्केटको प्रभाव छ । पर्यटन क्षेत्रमा झन् बढी छ । मान्छेको जीवन नै स्मार्ट फममा गैसक्यो । लेख पढ्न पर्यो भने पत्रिका पढ्ने हो समाचारका लागि पत्रिका किन पढ्नुपर्यो ।
रियल टाइममा समाचार आउँछ । अहिले त एआई आइसक्यो । हामी हिजोकै मोडालिटीमा विजनेश मार्केटिङ गर्छु भनेर त सम्भव नहुने उहाँ बताउनुहुन्छ ।
फोटो÷समाचार ः प्रदीपराज वन्त