लेखनाथ सिकारु
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वाम एकताको पक्षमा दृढता व्यक्त गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा पेस गरेको ६ बुँदे तात्कालिक प्रस्तावमार्फत एकीकृत समाजवादी वाम एकताको पक्षमा सधैँ दृढतापूर्वक रहँदै आएको बताएको हो
उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार बैठकमा मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीररूपमा विश्लेषण गरिएको छ ।
प्रस्तावमा एकीकृत समाजवादीले त्यस्तो धारणा सार्वजनिक गर्दै ‘विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुला छलफलद्वारा सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिस्ट पार्टीहरुका बीच एकता हुन्छ’, प्रस्तावमा भनिएको छ, ‘हाम्रो पार्टी वाम एकताको पक्षमा सधैं दृढतापूर्वक रहँदै आएको छ ।’ पार्टी एकताबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा गलत प्रचार भएको समेत समिक्षा गरेको छ ।
प्रस्तावमा भनिएको छ, ‘यो बैठक संघीय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षड्यन्त्र र प्रहारप्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गर्दछ ।’

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाले बनाएको समाजवादी मोर्चालाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउने प्रतिवद्धता दृढता व्यक्त गरेको छ ।

यस्तो छ ६ बुँदे तात्कालिक प्रस्ताव

१। हाम्रो पार्टीले समाजवाद, लोकतन्त्र, राष्ट्रियहित तथा सुशासनका लागि बामपन्थी शक्तिहरुसंग
सहकार्य गर्ने नीति अनुसार हाम्रो पार्टी समाजवादी मोर्चा नेपालमा आवद्ध हुदै आएको छ ।
मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै यो बैठक
समाजवादी मोर्चा नेपाललाई अझ प्रभावकारी ढंगले क्रियाशील बनाउन लागि पर्ने प्रतिवद्धता
व्यक्त गर्दछ ।
२। विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुल्ला छलफल द्धारा सहमति र
सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिष्ट पार्टीहरुका बीच एकता हुन्छ । हाम्रो पार्टी वाम
एकताको पक्षमा सधैं दृढतापूर्वक रहदै आएको छ । त्यसैले कतिपय संचार माध्यम र
सामाजिक संजालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह
गर्दछौं ।
३। साना दलको अस्तित्व माथि आघात पु¥याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा
समावेशी लोकतन्त्रको मूल मर्म माथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी
चिन्तनहरु प्रकट हुन थालेका छन । यो बैठक संघिय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय
स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षडयन्त्र र प्रहार प्रति सचेत हुँदै सम्पूर्ण
लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गर्दछ ।
४। यस बर्षायाममा मुलुकका विभन्न भागमा बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपदमा
परी ठुलो धनजनको क्षति भएका खवरहरु प्राप्त हुन आएका छन । यो बैठक प्राकृतिक
विपदमा परेका जनताको दुख र पिडा प्रति अन्यन्त संबेदनशील हुँदै विपदमा परि मृत्यु
हुनेप्रति श्रदान्जली व्यक्त गर्दछ । साथै प्राकृतिक प्रकोपबाट राहत र क्षतिपुर्ती प्रदान गर्न
सरकारसंग जोडदार माग गर्दछ ।
५। विगत केहि हप्ताभित्र मुलुकका विभिन्न स्थानमा हवाई जहाज, हेलिकप्टर, बस लगायत थुप्रै
सवारी साधनहरु दुर्घटनामा परी ठुलो संख्यामा यात्रुहरुको मृत्यु तथा कैयन घाइते भएका
समाचारहरु प्राप्त भएका छन । सवारी दुर्घटनाका घटनाहरु दिन प्रतिदिन भयावह बन््दै
गएका छन्। सवारी साधन दुर्घटनामा परि निधन भएकाहरु प्रति यो वैठक श्रदान्जली व्यक्त
गर्नुका साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
विमान तथा यात्रुवाहक सवारीका असंख्या दुर्घटनाले मुलुकको छवी समेत विग्रिएको छ ।
यस्तो अवस्थालाई न्यूनीकरण गर्न तथा सुरक्षित हवाई तथा सडक यातायातको प्रत्याभूति

दिनका लागि सरकारले अध्ययन, अनुसन्धान, नियमन तथा अनुगमन प्रणालीलाई प्रभावकारी
बनाओस भन्नेयो बैठक जोडदार माग गर्दछ ।
६। संसदको राज्य ब्यवस्था समितिमा विचाराधिन रहेको भ्रष्टचार नियन्त्रण ऐन–२०५९ को
शंशोधन विधेयक माथि छलफल चलिरहेको छ । हाम्रो पार्टी भ्रष्टचारको मुद्दामा हदम्याद
राख्नु हुदैन भन्ने प्रष्ट धारणा राख्दछ । यसैगरी यो बैठक नेपालको संसदलाई भ्रष्टचारको
मुद्दामा हदम्याद नराख्ने कानून निर्माण गर्न माग गर्दछ र सम्पूर्ण राजनीतिक दलहरु र
नागरिक समाजलाई यो विषयमा सजग बन्न आव्हान गर्दछ ।

स्थायी कमिटीमा २४ जना पदाधिकारीमात्रै

एकीकृत समाजवादीको सम्पन्न बैठकले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने निर्णय गरेको छ ।
सम्पन्न केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरु रहेको स्थायी कमिटी बनाउने निर्णय गरेको हो । बिहीबार घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरिएकाले एकीकृत समाजवादीको पदाधिकारी संख्या २४ पुगेको छ ।
गत असार २१ गते सम्पन्न १० औं महाधिवेशनबाट अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल चयन भएका थिए । मंगलबार राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष निर्विरोध भएका थिए।
त्यो संगै ६ जना उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव मतदाबाट निर्वाचित भएका थिए । हाललाई यिनै पदाधिकारी रहेको स्थायी कमिटी रहने विहीबार सम्पन्न बैठकले निर्णय गरेको छ ।

बिहीबार नै मतदान प्रकृयाबाट पदाधिकारी सहित १०५ सदस्यीय पोलिटब्यूरोको सदस्य समेत चयन भएका छन् ।

वरिष्ठ नेतामा बस्नेत, भुसाल र हमाल

एकीकृत समाजवादीले घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई बरिष्ठ नेता मनोनीत गरेको छ ।
केन्द्रिय समिति बैठकले ती ३ जनालाई वरिष्ठ नेता मनोनीत गरेको हो । तीनै जना यसअघिका उपाध्यक्ष हुन् ।

उपचुनावको तयारी बरिष्ठ उपाध्यक्ष पाण्डेको नेतृत्वमा

एकीकृत समाजवादीले स्थानीय तहमा हुने उपचुनावको तयारीको लागि बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेके नेतृत्वमा तयारी थाल्ने जनाएको छ ।
केन्द्रिय कमिटीको बैठकले उपचुनावको तयारी पाण्डेको नेतृत्वमा केन्द्रीय परिचालन कमिटी बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

केन्द्रिय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मा स्थायी कमिटीलाई
पार्टीले केन्द्रिय सदस्यहरुको कार्यविभाजन गर्ने जिम्मा स्थायी कमिटीलाई दिइएको छ ।

मंसिरभित्र प्रदेश र चैतभित्र जिल्ला अधिवेशन

एकीकृत समाजवादीले आगामी मसिरभित्र सबै प्रदेश र चैत्रमहिना भित्र सबै जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने गरी कार्यक्रम तय गरेको छ पाटीले सोही बमोजिम कार्ययोजना निमाण गरी जिम्मेवारी प्रदान गर्ने गरी कार्यक्रम तय भएको वरिष्ठ उपाध्यक्ष पाण्डेले बताए ।

चीट बाँड्नेलाई कारवाही गर्ने

पदाधिकारी र पोलिटव्युरो निर्वाचनपछि आयोजित पहिलो बैठकमा शीर्ष नेतृत्वले लिस्ट बाँडेर चुनाव जिताउने र हराउने खेल भएको विषय उठेपछि अध्यक्ष नेपालले चीट बाँड्नेलाई कारवाही गर्ने प्रतिवध्दता जनाएका छन् । चुनावमा लिस्ट बाँडेर ब्यापक गुटबन्दी गरिएको आरोप लगाएपछि अध्यक्ष नेपालले चिट प्रकरणमा छानविन समिति बनाउँने र त्यस्तो गर्नेमाथि कारवाही हुने आश्वासन दिएका हुन् ।

साइन्स पढेर पर्यटन क्षेत्रमा ३० वर्ष बिताएका पाण्डेको विकासका लागि टान हाँक्ने चाहना

पाँचथरको एक घरमा विस्फोट हुँदा बालिकाको मृत्यु

Related Posts