काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पदाधीकारी तथा पोलिटब्युरो निर्वाचनबाट पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सहित चार जना पोलिटब्युरोमा निर्वाचित भएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको प्रथम केन्द्रीय कमिटी बैठकका सदस्यहरुबाट लोकप्रिय मत ल्याएर महासंघका अध्यक्ष दोलखाका पासाङ शेर्पा , बरिष्ठ उपाध्यक्ष तेह्रथुमका भवानी खापुङ , सचिवद्वय कैलालीकी चुनकुमारी चौधरी र सर्लाहीकी बेची लुङगेली निर्वाचित भएको महासंघका महासचिव चन्द्र बहादुर तामाङ्ले बताए ।

तामाङ्गले महासंघका पदाधिकारीहरु लोकप्रिय मतसहित पार्टीको पोलिटब्युरो सदस्यमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सबैलाई बधाई तथा शुभकामना दिएको बताए ।

एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटब्युरोको मतपरिणमा बुधवार राति सावर्जनिक भएको थियो । केन्द्रीय समिति सदस्य मध्येबाट भएको निर्वाचनले पदाधिकारी सहित पोलिटब्युरो सदस्यहरु निर्वाचित गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएकाथिए भने दशौं महाधिवेशनको हलबाट माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका छन् ।

एमसीसीअन्तरगत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

उद्योगीका समस्या सुन्न र छलफल गरेर समाधान खोज्न सरकार तयार छः अर्थमन्त्री पौडेल

Related Posts