काठमाडौ । हरितालिका तिजको पुर्व सन्ध्यामा नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन काठमाडौ जिल्ला कमिटीले तिज विषेश कार्यक्रम गरेको छ। शनिवार काठमाडौको बागबजारमा आयोजित कार्यक्रमको समन्वय नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन केन्द्रीय कमिटीले गरेको थियो ।

सो  कार्यक्रमको अध्यक्षता काठमाडौ जिल्ला कमिटी अध्यक्ष इश्वरि बानियाँले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि एकीकृत ट्रेड यूनियन महासंघका अध्यक्ष विष्णु प्रसाद लम्साल रहेका थिए  ।

कार्यक्रमलाई शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि लम्सालले तिजको नाममा विकृति फैलिरहेको हुँदा यसलाई सभ्य ढंगबाट मनाउन महिला दिदिबहिनीहरुलाई आग्रह गरे । उनले भने ,’अहिले तिज धर्म र जात विशेष नभइ समाजका सबै ले मनाउन थालेर अपनत्व ग्रहण गरिरहेका छन् । यो राम्रो पक्ष हो । तर तिजको उपवास गर्ने बेलामा महिलाहरुले आफ्नो स्वास्थको खाल गर्न पनि अनुरोध गरे ।’यस्तै एकीकृत ट्रेड यूनियन महासंघ नेपालका उपाध्यक्ष तथा महिला कमिटी अध्यक्ष सुनिता थापाले राज्यले महिला ,पुरुषको श्रमलाई एउटै दृष्टिले हेर्नू जरुरी भएको बताईन् । अझै पनि विभिन्न ठाउमा महिला र पुरुष बीच विभेद हुने गरेको विषयमा चिन्ता व्यक्त गर्दै महिलालाई अगाडि बढाउन घर समाज र राज्य लाग्नु पर्ने उनको भनाइ थियो ।

तिज विषेश कार्यक्रमको संयोजन एकीकृत ट्रेड यूनियन महासंघ नेपालका सचिव वेद प्रसाद हुमागाँईले गरेका थिए ।कार्यक्रममा एकीकृत ट्रेड यूनियन महासंघ नेपालका महासचिव दिपक पौडेल , सचिवद्वय वेद प्रसाद हुमागाई, दिनेश घिमिरे लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित महिला दिदिबहिनीहरुले तिजका विभिन्न गितमा नाचगान गरि मनोरञ्जन गरेका थिए।

 

ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण प्रतिबन्ध

केरा बगानभित्र दुई बालिकाको शव भेटियो , आमा सम्पर्कविहीन

Related Posts