काठमाडाैं । आजदेखि एन्फा महिला लिग शुरू हुँदैछ। लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । उद्घाटन खेल एन्फा कम्प्लेक्ससातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ । लिगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

लिगमा साबिक विजेता एपिएफ क्लबसहित विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब तथा संकटा क्लब, बाग्मती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, र कर्णाली प्रदेश गरि १० टोलीको सहभागीता रहनेछ।
दुई चरणमा हुने लिगको पहिलो चरण सिङ्गल राउन्ड रोबिनामा हुने हुनेछ ।

विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार प्रदान गरिने छ ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

आजबाट १०५ उच्च प्रहरी अधिकृत अवकाश हुँदै

Related Posts