काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन रुसको भ्लादिभोस्तक प्रस्थान गरेका छन् ।

अध्यक्ष नेपाल सम्मेलनमा सहभागी हुन गएराति ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने छ ।

‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल सहभागी हुने कार्यक्रम रहेको छ ।अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने जनाइएको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

पार्टीको नेता तथा कार्यकर्ता उनलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । उनीस्वदेश फर्किपछि पार्टीका विभिन्न विभाग, इन्चार्ज सहितका जिम्मेवारी तोकिने जनाइएको छ ।

सञ्चार उद्योगको संस्थागत विकास र प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण

अमेरिकामा अर्का नेपाली मृत फेला

Related Posts