पोखरा । नेकपा एमाले गण्डकी प्रदेश सरकारमा जाने भएको छ। कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबन्डा नमिल्दा एमाले सरकारमा गएको थिएन।

तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो।

एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ। एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउँदै छ।

आजै एमालेका मन्त्रीहरूले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

आज पनि घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको?

एकीकृत समाजवादीको उपनिर्वाचन परिचालन कमिटी गठन

Related Posts