मिलन उपाध्याय
काठमाडौं । इन्जिनियरीङ क्षेत्रसंगै ३ दशक लामो सरकारी सेवामा जोडिएर आफूले देखेका भोगेका समस्या , सुझाव र समाधानका उपायहरु सहित ई.नन्दलाल बन्जाडे यतिवेला इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एशोसियसन (ने.इ.ए.) को नेतृत्वकोलागी अघिसरेका छन् ।

उनी यहि भाद्र २८ गते शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन ३४ औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनकालागी आफ्नो अध्यक्षतामा समाजवादी पेशागत इन्जिनियरहरुको समुह सहित १७ बुँदे प्रतिबद्धताहरु लिएर चुनावमा होमिएका हुन् ।

बन्जाडे आफ्नो समुह मार्फत इन्जिनियरहरूको हकहीत र राष्ट्र निर्माणमा आफूहरुले गर्नसक्ने योगदानलाई मूख्य एजेण्डा बनाएर इन्जिनियरहरू माझ रहेको आम निराशालाई चिर्न र समस्त इन्जिनियरहरूको आस्थाको केन्द्र एन.ई.ए.लाई सबल र सक्षम बनाउने छौं भन्ने प्रतिबद्धता सहित निर्वाचनको तयारीमा जुटेको बताउँछन् ।

बि.सं. २०३८ सालमा पुल्चोक इन्जिनियरीङ कलेजको सभापति, नेपाल इञ्जिनियर्स एशोसियसन (ने.इ.ए.) वाग्मति प्रदेश कार्यकारिणी समितिको अध्यक्षको जिम्मेवारी समेत सफलताका साथ निर्वाह गरीसकेका बन्जाडे एसोसिएसनको विगतको टिमले गरेका राम्रा र अधुरा काम पुरा गर्ने प्रतिबद्धता सहित आफू निर्वाचनमा होमिएको बताउँछन् ।

एनइएलाई पेपरलेस र अनलाईन गराउने , संस्थाका हरेक कृयाकलाप र गतिविधि डिजिटलाईजेसन गर्ने प्रतिबद्धता सहित उत्साहजनक रुपमा लागेका बन्जाडे देश बनाउने नै हो भने सामान्य प्रशासन (General Administration) र बिकास प्रशासन (Developement Administration) लाई अलग बनाउन अनिवार्य रहेको बताउँछन् ।

नेपालभर कार्यरत इन्जिनियरहरूको हकहितकालागि काम गर्न, देशको समग्र भौतिक विकासलाई निर्देशित तथा व्यवस्थित गर्न अग्रणी भूमिका खेलेको एसोसिएसनलाई थप प्रभावकारी बनाउन आफु र टिमको उम्मेद्वारी रहेको बन्जाडेले स्पष्ट पारे ।

उनले पेशागत हकहित र सेवाप्रवाहमा देखिएका निराशाहरुलाई चिर्न संस्कार परिवर्तन गरेर सवल र सक्षम इन्जिनियरहरुको पेशागत संगठन बनाउनु अहिलेको आवश्यकता ठानेर आँफु निर्वाचनमा होमिएको बताए ।

बन्जाडे भन्छन् :’अहिले नेईएमा इन्जिनियरहरूको आकर्षण नभएको देखिएको छ । यसलाई बदल्नु मेरो पहिलो प्राथमिकता हुनेछ । अहिले नेपालमा दर्तावाला ईन्जिनियर करिव ८५ हजारको हाराहारीमा छन् तर मतदाता जम्मा १८ हजार मात्र छन् । समग्रमा २२ प्रतिशले नेतृत्व चयन गर्नु परेको स्थिति छ अहिले , यस्तो किन भयो ? किनभने यो संगठनमा ईन्जीनियरहरुको भरोसा भएन् । यसलाई पेशामा आवद्धहरुको भरोसा योग्य संगठन बनाउनेगरि काम गर्नपनि मैले जित्नुपर्छ भन्ने लागेको छ ।’

अन्य पेशामा आवद्ध वकिल र पत्रकारहरू एक ढिक्का छन, उनीहरूको पेशागत संगठनहरूको आह्वानमा सबैले सहभागिता देखाउँछन, किन भने उनीहरूका पेशागत संगठनहरूले उनीहरूको भावनाको प्रतिनिधित्व गर्छन, हामी नेईएलाई त्यस्तै आकर्षणको केन्द्र बनाउन चाहन्छौ बन्जाडेले भने ।

बन्जाडेले ईन्जिनियरहरुको समस्या जटिल रहेको भएपनि राज्यले त्यसलाई वास्ता नगरेको झैं आँफुलाई लाग्ने गरेको बताउँछन् । उनले भने: ‘हाम्रा प्रधानमन्त्री केपि शर्माँ ओलीले नै अस्ति एउटा कार्यक्रममा थाहा नै नभएजस्तो गरी आश्चर्य मान्दै इन्जिनियरको तलव ३७ हजार मात्र थोर भयो भन्नु भो तर उहाँको कानमा पुगोस अहिले पनि हाम्रा इन्जिनियरहरु साथिहरु ११-१२ हजारमा काम गर्न बाध्य छन् ।’ कति ईन्जिनियरिङ पढेरपनि बेरोजगार भई पठाओ चलाउँदै गरेको इन्जिनियर भेटेर आफू दु:खी भएको स्मरण पनि उनले सुनाए ।
बन्जाडेले नेतृत्व गरेको समाजवादी इन्जिनियरिङ एसोसियसनले अध्यक्ष लगायत विभिन्न पदमा केन्द्रमा १७ जना र ७ वटै प्रदेशमा विभिन्न संगठन संग सहकार्य गरि विभिन्न पदमा उम्मेद्वारी दिएको छ।

समुहबाट अध्यक्ष बन्जाडे सहित उपाध्यक्ष कृष्णा जिसी, महासचिव विरोध रिजाल, उपमहासचिव ओमप्रकाश सापकोटा, कोषाध्यक्ष दिपक विष्ट, सहकोषाध्यक्ष आशिष थपलिया, सदस्यहरु नारायण केसी, नरेश पोखरेल, प्रविन गौतम, मौसम भण्डारी, दिपक सुवेदी, प्रकाश श्रेष्ठ, दिपकबहादुर बोहोरा, ओमप्रकाश अधिकारी, लक्ष्मीकुमार महतो, अशोककुमार रिमाल, दिवस सिलवाल सहितको टिम मैदानमा छ ।

यस्ता छन्  बन्जाडेको टिमले तयार पारेको १७ बुदें प्रतिबद्धताहरु :

 

 

 

गण्डकीमा मन्त्रिपरिषदले पायो पूर्णता , मनाङे भए वनमन्त्री

ओलीप्रति थप आक्रामक बन्दै बालेन: कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनुहोला

Related Posts