काठमाडौं । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को प्रथम उपाध्यक्षमा लोकप्रिय मत सहित विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् । टानको ४६ औं वार्षिक साधारणसभा तथा निर्वाचनले उनलाई प्रथम उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।
मंगलबार बिहान सम्पन्न मतगणना अनुसार लम्साल ५३५ मत सहित विजय भएका हुन् । निर्वाचनबाट अध्यक्षमा सागर पाण्डेले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई एक सय मत अन्तरले पराजित गर्दै जित हात पारेका छन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५ सय ५८ मतका साथ विजयी भए उनले प्रत्यासी चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पारेका हुन् । द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् भने महासचिवमा सोनाम ग्यल्जेन शेर्पा विजयी भए ।
सचिव पदमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भए । सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भए ।
टानको नयाँ नेतृत्व चयनकोलागी कांग्रेस-एमाले र माओवादी केन्द्र लगायतका अन्य दल निकट गठबन्धन बनेको थियो । कांग्रेस-एमाले गठबन्धन राजेन्द्र सापकोटाको नेतृत्वमा थियो भने माओवादी केन्द्र लगायतका दल निकट सागर पाण्डेको नेतृत्वमा थियो । निर्वाचनबाट माओवादी केन्द्र निकट अध्यक्ष र महासचिव निर्वाचित भएका छन् भने कांग्रेस – एमाले निकट गठबन्धनबाट बरिस्ठ उपाध्यक्ष सहित ११ जना निर्वाचित भएका छन् ।

 

बालेनले किन हटाए एमाले सांसदको फोटो सहितको स्ट्याटस?

नेकपा माओवादी केन्द्रको बिभिन्न आयोगको संयुक्त परामर्श बैठक पेरिसडाडामा सुरु

Related Posts