जनकपुरधाम ‌। धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित सार्वजनिक पोखरीमा डुबेर एकै परिवारका तीन बालकको मृत्यु भएको छ ।

पोखरीमा बुधवार साँझ १० वर्षीय आदित्य साह, ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साहको शव फेला परेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

उनका अनुसार मृतक तीनै बालक महावीर साहको नाती छन् । महावीरका तीन छोराका जेठा छोराहरुको डुबेर मृत्यू भएको छ ‌‌।

महावीरको घरमा बर्खीको भोज रहेकाले सबैजना व्यस्त थिए । तर तीनै बालक दिउँसो पोखरीमा नुहाउन पुगेका थिए । साँझसम्म घरमा नदेखेर खोज्न जाँदा पोखरीमा शव फेला परेको स्थानीयले जनाएको छ ।

तीनै बालकको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको र पोस्टमार्टमपछि आज हुने प्रहरी निरीक्षक साहले बताए ।

अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

जनताको ‘राउन्ड किक’ कस्तो हुन्छ ओलीले देख्नेछन् : प्रचण्ड

Related Posts