काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले अनेरास्ववियूलाई कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता उत्पादन गर्ने उर्वरभूमि भएको बताएका छन् ।
बुधबार अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्ला कमिटीद्वारा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष पाण्डेले आफू पनि अखिलमा रहेर काम गरेको स्मरण गर्दै साँस्कृतिक पक्षहरुको रक्षा, विकास र संरक्षण गर्ने दायित्व युवाहरुको भएकोमा जोड दिए ।कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य तथा वागमतीका पूर्वमन्त्री रमा आले, पोलिटब्यूरो सदस्य दिलु पन्त र सुदेश पराजुली, केन्द्रीय सदस्य नितेश पौडेल, यशु लामा, डा।सिता ढुुंगाना, संगिता पाख्रिन, अनिता लामा, संगठनका केन्द्रीय महासचिव महेश श्रेष्ठ, विश्वविद्यालय इन्चार्ज, अशोक थापालगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। उक्त कुरा बताउनु भएको हो।

कार्यक्रम कैलाश गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौता

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

Related Posts