नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट १० भैसाखोरीमा बसको ठक्करबाट हजुरआमा र नातीको शुक्रबार राती मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाए अनुसार मृत्यु हुनेमा जिल्ला स्याङ्जा निवासी ५५ वर्षीय हजुरआमा श्रीमाया मानन्धर र नाति गैडाकोट ११ निवासी पुष्प श्रेष्ठका ७ वर्षीय छोरा विशाल श्रेष्ठ रहेका छन् ।

नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको लोकल बसले पैदलयात्रामा रहेका हजुरआमा नातिलाई साँझ ८:३० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट नाति बिशालको घटना स्थलमै र हजुरआमा मानन्धरको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राती १०:२४ बजे ज्यान गएको बताईएको छ ।
प्रहरीले घटना घटाउने बस र चालक कावासोती २ बस्ने ४० बर्षीय मधु पौडेललाई नियन्त्रणमा लिईएको जनाएको छ ।

सुक्खा पहिरो खसेपछि मुग्लीन सडक खण्ड अवरुद्ध

दुर्गा प्रसाईको बिएन्डसी मेडिकल कलेजले एमबीबीएसका लागि पायो ५० सिट

Related Posts