काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता भएका छन्।

नेपाल यहि भदौ १६ गते रुस प्रस्थान गरेका थिए । नेपाल आज शनिबार दिउँसो साढे १२ बजे काठमाडौँ आईपुगेको स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए ।

मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस गएका थिए । सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो। साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिएको बताईएको छ ।

रुसमा सम्पन्न कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिएका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमा समते सहभागिता जनाएका थिए ।

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिगार्नु भयो : महासचिव घनश्याम भुसाल

भारतको मणिपुरमा रकेट आक्रमण, विद्यालय बन्द गर्न आदेश

Related Posts