बैंकिङ प्रणालीमा उच्च तरलता कायमै,राष्ट्र बैंकले आज एक खर्ब रुपैयाँ तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा उच्च तरलता भएपछि त्यसको व्यवस्थापनको लागि आजै १ खर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट उठाउँदै छ । २१ दिने निक्षेप बोलकबोल माध्यमबाट उक्त रकम उठाउन लागेको हो ।

आज दिउसो तिन बजे बोलकबोल हुने निक्षेपको साँवा ब्याज भुक्तानी असोज १३ गते हुनेछ ।

निक्षेप संकलन उपकरणका बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

चालु आर्थिक वर्षको साउन यता ८ पटक केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २ खर्ब ४६ अर्ब ४० करोड रुपैयाँ बैंकिङ प्रणालीबाट तानिसकेको छ । आज बोलकबोल हुने निक्षेप साउन यता ९ औ पटक उठाइन लागेको हो ।

पछिल्लो समय कर्जाको ब्याजदर सस्तिएपनि कर्जा प्रवाह हुन सकेको छैन ।

निक्षेप संकलन बढेको बढ्यै तर कर्जा प्रवाह सुस्त हुँदा बैंकहरुलाई निक्षेप व्यवस्थापनमा सकस भएको छ । यसै सकसको अल्पकालीन समाधानको लागि केन्द्रीय बैंकले निक्षेप तानिरहेको छ ।

पोखराका घर निर्माण प्रमाणपत्रमा घुस लिने इन्जिनियरसहित ३ जना दोषी ठहर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Related Posts