काठमाडौं । उपसचिव मानबहादुर (एमबी) खड्का ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ बाट सम्मानित भएका छन् ।
२१औँ निजामती सेवा दिवसको अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले ताम्रपत्र र एक लाख रुपैयासहित सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।
खड्का हाल ललितपुरको गोदावरी नगरपालिकामा प्रमुख प्रशासकीय प्रमुखको रूपमा कार्यरत छन् ।
खड्का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ मा आयोजना गरेको ‘प्रतिभा डबली’ मा ुनेपालको प्रशासनिक क्षेत्रको सुधारु का लागि निजामती कर्मचारीबाट प्रस्तुत भएका नविनतम विचारहरु (ईनोभेटिभ आईडिया) प्रस्तुत गर्दा दोस्रो भएका थिए ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर–६ (साविक च्यामा गाविस) स्थायी ठेगाना भएका खड्का २०६१ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका हुन् ।
साहित्यमा रूची राख्ने उनको ‘डाँडाको लाकुरी’ नामक कविता संग्रह समेत प्रकाशित छ ।