प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्ता रुढ दलहरुको तयारीको नेकपा (एकीकृत समाजवादी) ले बिरोध गरेको छ।

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर मसान्तसम्म प्रदेश सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न स्थायी कमिटीको दोस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको हो। पार्टीका उपमहासचिव रामकुमार भट्टराईकाअनुसार हाल कायम रहेको प्रदेश कमिटीले उक्त सम्मेलन सम्पन्न गर्नेछ।

बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौँमा असोज ५ गते भव्य सभाको आयोजना गर्ने निर्णय भएको उपमहासचिव भट्टराईको भनाई छ।कार्यविभाजन, आयोग, विभाग गठनका बारेमा सात सदस्यीय कार्यदल बनेको छ। अध्यक्ष, सम्मानित नेता, पार्टीका वरिष्ट नेता, वरिष्ठ उपाध्यक्ष र महासचिव रहेको कार्यदले कार्य विभाजन,आयोग र विभाग गठनको तयारी गरेर अर्को बैठकमा प्रस्ताव गर्नेछ।

त्यस्तै प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्ता रुढ दलहरुको तयारीलाई नेकपा (एकीकृत समाजवादी) ले अस्विकार गरेको छ।

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

महासभामा जाँदा नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिनँ : प्रधानमन्त्री ओली