काठमाडौँ। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। उनलाई स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ।

भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार उनलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्यसपछि वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने बताएका थिए।

प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप छ ।

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

नेप्सेले भन्यो- सेयर बजार विश्लेषकको मान्यता कसैलाई दिइएको छैन, यथार्थ बुझेर लगानी गर्नुहोस्

Related Posts