कार्यक्रममा सचिव पासवान लगायत एक दर्जनभन्दा बढीले एमाले परित्याग गरेका हुन।

 रौतहट ,९ असोज।नेकपा (एमाले) माधव नारायण नगरकमिटिका सचिव सुवासाहेब पासवानले एमाले परित्याग गर्नुभएको छ।

एमाले परित्याग गरी मंगलबार नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको हो। उहाँलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको थियो।

रौतहट जिल्ला कमिटिद्वारा आयोजित दशौँ राष्ट्रिय महाधिवेशन सन्देश सभा कार्यक्रममा सचिव पासवानले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोज्नु भएको हो।

उक्त सन्देश सभामा उपमहासचिव रामकुमार भट्टराई, पोलिटव्युरो सदस्य सरला यादवका साथै केन्द्रीय सदस्य रजिउदिन आलम, महेन्द्र चौलागाई, कनिस पटेल, बिनिता बख्रेल लगायतका नेताहरूले मन्तव्य राख्नुभएको थियो।

परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने

दोश्रो जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता- २०८१को उद्घाटन भब्यताका साथ सम्पन्न