बिजेता बोजेनी युवा क्लबले नगद २ लाख २२ हजार सहित मेडल र ट्रफी जितेको छ।

असोज २५, काठमाडौं।काठमाडौं जिल्लाको पर्यटकिय नगरि शंखरापुरको जहरसिंपौवामा यहि असोज १५ गतेदेखी २३ सम्म आयोजना भएको दोश्रो जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिताको उपाधी बोजेनी युवा क्लबले जितेको छ।बिजेता बोजेनी युवा क्लबले २ लाख २२ हजार २ सय २२ नगद सहित मेडल र ट्रफी जितेको हो।जहरसिंपौवा फुटबल मैदानमा हिजो असोज २३ गते भएको अन्तिम खेलमा बोजेनी युवा क्लबले शंखरापुर ४ लाई १ का बिरुद्द ५ गोल अन्तरले हराएको हो।उक्त प्रतियोगिताको उपबिजेता बनेको शंखरापुर ४ ले १ लाख ११ हजार १ सय ११ सहित ट्रफि र मेडल जितेको हो।त्यसैगरि सान्त्वना पुरस्कार बिजेता  पूर्वेली बि एफ जि(BFG)ले नगद ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र मेडल जितेको छ।

 

जहरसिंपौवा युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा आयोजकले नेपाली फुटबल टिमका रास्ट्रीय खेलाडी रमेश दंगाललाई समेत सम्मान गरेको छ।त्यसैगरी प्रतियोगितामा बिभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई नगद सहित सम्मान गरेको हो। यो सङ्गै शंखरापुर क्षेत्रकै ठुलो राशीको फुटबल प्रतियोगिता शुरु भएको छ।खेलाडी उत्पादन र शंखरापुर नगरपालिकाको आन्तरिक पर्यटन प्रवर्द्धनका  लागि यो प्रतियोगिता आयोजना गरिएको जहरसिंपौवा युवा  क्लबका अध्यक्ष बासु तामाङले बताए।शंखरापुर नगरपालिकाको जहरसिंपौवा खेलमैदानमा आज सम्पन्न पुरस्कार बितरण तथा समापन समारोहको प्रमुख अतिथिको रुपमा शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित तथा बिशिस्ट अतिथिका रुपमा उपप्रमुख समिता श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो।

सो कार्यक्रममा शंखरापुर  नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम अन्य व्यक्तिहरुको उल्लेख्य संख्यामा उपस्थिती थियो।खेलमा कुल २४ टिम सहभागी थिए।

गायक चन्दन शंकरको ‘चुपचाप छौ’ बजारमा आउँदै

सुखी नेपाली अभियानद्वारा रोशीका बाढी पिडितलाई खाद्यान्न बितरण